दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट आएका जंगली हात्तिको एक समूहले आइतबार मध्य रात र सोमबार बिहान गरि सप्तरीको विभिन्न स्थानका डेढ दर्जन घर भत्काएका छन् । जंगली हात्तिले उत्पात मचाउदा लाखौंको अन्नबाली समेत नष्ट भएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान ३ बजेतिर करिब ४÷५ को संख्यामा रहेको हात्तिको समूहले खडक नगरपालिका ४ स्थित अमहा टोलमा आक्रमण गरि आयसा खातुन, मखन चौधरी, बिरेन्द्र सदा र रजिना चौधरीको घर भत्काएका छन् ।
जंगलीको हात्तिको समूहले आयसाको घरको पर्खाल भत्काई १२ बोरा चामल खाएको, मखन चौधरीको टिनको छानो र बाँसको टाँटी भएको एक घर पुर्ण रुपमा भत्काएको, वरेन्द्र सदाको टिनको छानो र बाँसको टाँटी भएको एक घर र रजिन चौधरीको टिनको छानो र बाँसको टाँटी भएको एक घरको टाटी भत्काँदा २ लाख ६० हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै जंगली हात्तिको अर्को एक समूहले सोमबारै बिहान ३ बजे जिल्लाकै सप्तकोशी नागरपालिका ९ स्थित विभिन्न घरमा क्षति पु¥याउँदा १ लाख ६५ हजार बराबरको क्षति गरेको छ ।
हात्तिले सप्तकोशी वडा नं. ९ निवासी भरत यादबको फुसको घर र अन्नपात, ललन खंगको फुसको घर र अन्नपात, सन्तोष कुमार साहको घरको टाँटी र अन्नपात, राजेन्द्र प्रसाद साहको घरको टाँटी र अन्नपात, अशोक प्रसाद साहको घरको टाटी र अन्नपात र दिनेश सरदारको घरको टाँटी गरि २ लाख ६० हजार बराबरको धनमालको क्षति गरेको छ ।
यसअघि जंगली हात्तिको समूहले आइतबार मध्य राती खडक नगरपालिका ४ अमहा टोलमा समेत आक्रमण गरि मुखालाल चौधरी, सुखैर चौधरी, लोलाई सदा, मखन चौधरी, ईनरजित सदा, सिताराम सदा, सुरुज सदा, सुखैर चौधरीको समेत घर भत्काएका थिए ।
हात्तिले मुखालाल चौधरीको ३ वटा घरको टाटि, सुखैर चौधरीको टिनको छानो भएको एक घर, लोलाई सदाको टिनको छनो र बासको टाँटी भएको एक घर, मखन चौधरीको टिनको छानो र बासको टाँटी भएको २ घर, ईनरजित सदाको टिनको छानो र बासको टाँटी भएको एक दुई तले घर, सिताराम सदाको टिनको छानो र बासको टाँटी भएको १ घर तथा अन्नपात, सुरुज सदाको फुसको छानो र बासको टाँटी भएको एक घर, सुखैर चौधरीको टिनको छानो र बासको टाँटी भएको एक घरको टाटी भत्काएको प्रहरीले जनाएको छ ।
हात्ति आंतकले दुई दिनमा झण्डै १३ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । पीडितले भने २५ लाख भन्दा बढीको क्षति भएको दाबी गरेका छन् ।
हात्तिले गाउँमा पसेर घर भत्काउनु बाहेक गाउँमा लगाइएको कृषिजन्य बालिलाई समेत क्षति पु¥याउने गरेको भन्दै स्थानियहरुले सरकारद्वारा अविलम्ब ठोस उपाय खोज्नु पर्ने माँग गरेका छन् ।
यता हात्तिको आंतकले स्थानिय त्रासमा जाग्राम बस्न थालेका छन् भने हात्ति आंतकबाट त्रसित र पीडितले नियन्त्रण र क्षतिपूर्तीको माँग समेत गरेका छन् ।
जंगली हात्तिको आंतक कायमै, दुई दिनमा डेढ दर्जन घर भत्काए, लाखौंको क्षति
सारांश
- प्रहरीका अनुसार सोमबार बिहान ३ बजेतिर करिब ४÷५ को संख्यामा रहेको हात्तिको समूहले खडक नगरपालिका ४ स्थित अमहा टोलमा आक्रमण गरि आयसा खातुन, मखन चौधरी, बिरेन्द्र सदा र रजिना चौधरीको घर भत्काएका छन् ।
- जंगलीको हात्तिको समूहले आयसाको घरको पर्खाल भत्काई १२ बोरा चामल खाएको, मखन चौधरीको टिनको छानो र बाँसको टाँटी भएको एक घर पुर्ण रुपमा भत्काएको, वरेन्द्र सदाको टिनको छानो र बाँसको टाँटी भएको एक घर र रजिन चौधरीको टिनको छानो र बाँसको टाँटी भएको एक घरको टाटी भत्काँदा २ लाख ६० हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।
- त्यस्तै जंगली हात्तिको अर्को एक समूहले सोमबारै बिहान ३ बजे जिल्लाकै सप्तकोशी नागरपालिका ९ स्थित विभिन्न घरमा क्षति पु¥याउँदा १ लाख ६५ हजार बराबरको क्षति गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया