दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुंगा नगरपालिका ५ कुशहा सडकखण्डस्थित पुलमा बुधवार बिहान बस र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जनाको बसले च्यापिएर मृत्यु भएको छ । सोही दुर्घटनामा बसका एक दर्जन तिर्थ यात्री घाइते भएका छन् ।
उदयपुरको रामपुर ठोक्सिलाबाट जनकपुरका लागि तिर्थ यात्री बोकेर आउदै गरेको को १ ख ४९३४ नम्वरको यात्रुबहाक बसले बिपरित दिशाबाट आउदै गरेको को. ३४ प.६४२५ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा बस अनियन्त्रित भई पल्टिएर सो दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका निवासी मोटरसाईकल चालक ३५ वर्षीय रामे पासवान र पछाडी सवार ५० वर्षीय मो. मजलुम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसले मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई सोही मोटरसाइकलमाथी पल्टिएको हो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सो घटनामा बसका १३ जना तीर्थयात्रु घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भिर छ । गम्भिर घाईते भएका एक जनालाई धरान र अन्यलाई थप उपचारका लागि लाहान स्थित विभिन्न अस्पतालमा पठाइएको छ । बसका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
यसैबीच बुधवारै दिउँसो सप्तरीको खडक नगरपालिका ५ मा विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ६६६७ नम्बरको विंगरबाट लडेर सुरुंगा नगरपालिका– ११ बस्ने ३५ वर्षिया कल्पना चौधरीको मृत्यु भएको हो ।
चालक र सहचालकको लापर्वाहीले सो घटना भएको भन्दै दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मोटरसाईकल जोगाउन खोज्दा बसले च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
सारांश
- उदयपुरको रामपुर ठोक्सिलाबाट जनकपुरका लागि तिर्थ यात्री बोकेर आउदै गरेको को १ ख ४९३४ नम्वरको यात्रुबहाक बसले बिपरित दिशाबाट आउदै गरेको को.
- ३४ प.
- ६४२५ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा बस अनियन्त्रित भई पल्टिएर सो दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया