कारागारमा भोकहड्ताल र नाराबाजी तीन सदस्यीय छानबिन समिति गठन 

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २४, २०७८
|
|
२६ पटक हेरिएको
Shares
कारागारमा भोकहड्ताल र नाराबाजी तीन सदस्यीय छानबिन समिति गठन 

सारांश

  •     कारागार भित्र भइरहेको अनियमितता रोक्न तथा दोषिमाथी कारवाहीको माग गर्दै कारागारका ए ब्लकका कैदीबन्दीहरु भोकहड्ताल र नाराबाजीमा उत्रिएका हुन् ।
  •       उनीहरुले जेलर सुमन कोइराला, कार्यालय सहयोगि चन्दन यादव, नाइके बिजय यादव लगायतको सरुवाको माग समेत गरेका छन् ।
  •       कारागार भित्र संचालित किराना पसलमा चर्को मुल्य लिएर समान बिक्रि गर्ने गरेको, भेट्न आउने आफन्तहरुसँग दुव्र्यबहार गर्ने गरेको तथा गर्ने गरेको तथा सरकारले उपलब्ध गराए अनुसारको सेवा सुविधा नदिएको भन्दै कारागारको ए ब्लकका १ सय ७९ जना कैदीबन्दी आन्दोलनमा उत्रेका हुन् ।

दैनिक समाचारदाता
राजबिराज, २४ मंसिर ।
    राजविराज कारागारका कैदीबन्दीहरुले शुक्रबार भोकहड्तालसहित नाराबाजी गरेका छन् । 
    कारागार भित्र भइरहेको अनियमितता रोक्न तथा दोषिमाथी कारवाहीको माग गर्दै कारागारका ए ब्लकका कैदीबन्दीहरु भोकहड्ताल र नाराबाजीमा उत्रिएका हुन् । 
    उनीहरुले जेलर सुमन कोइराला, कार्यालय सहयोगि चन्दन यादव, नाइके बिजय यादव लगायतको सरुवाको माग समेत गरेका छन् । 
    कारागार भित्र संचालित किराना पसलमा चर्को मुल्य लिएर समान बिक्रि गर्ने गरेको, भेट्न आउने आफन्तहरुसँग दुव्र्यबहार गर्ने गरेको तथा गर्ने गरेको तथा सरकारले उपलब्ध गराए अनुसारको सेवा सुविधा नदिएको भन्दै कारागारको ए ब्लकका १ सय ७९ जना कैदीबन्दी आन्दोलनमा उत्रेका हुन् ।
    कारागारभित्र किराना पसलमा जेलर कोइराला, कार्यालय सहयोगि र नाइके समेतको मिलोमतोमा आफूहरुले किन्ने सामानमा चर्को मुल्य लिने गरेको कैदीबन्दीको आरोप छ । यस्तै सरकारले दिए अनुसारको सेवा सुविधा नदिएको उनीहरुको आरोप छ ।
    कैदीबन्दीहरु आन्दोलन सुरु गरेपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अभिनारायण काफ्ले लगायतको सहभागितामा दुई घण्टाको छलफलपछि तीन सदस्यीय छानबिन समिति गठन गरि सोको प्रतिवेदनको आधारमा दोषिमाथी कारवाही गरिने सहमतिपछि आन्दोलन स्थगित गरिएको जनाइएको छ । 
    कुल १ सय २५ कैदीबन्दी राख्ने क्षमता भएको उक्त कारागारमा हाल ए, बी र महिला ब्लक गरि कुल ३ सय ५२ कैदीबन्दी राखिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेका विभिन्न कपडा  तथा किराना सामानहरु बरामद
भन्सार छलेका विभिन्न कपडा  तथा किराना सामानहरु बरामद
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
हटाइयो सिरहा रोडको अतिक्रमित संरचना,  अब कंचनपुर रोड, हटिया प्रवेश गर्ने भित्री सडक तथा कारागारको अतिक्रमण हटाउने तैयारी
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
चन्दा उठाएर भारोत्तोलन खेलाडी  प्रतियोगितामा सहभागि हुन प्रस्थान
मेलमिलाप सम्बन्धि तालिम शुरु 
मेलमिलाप सम्बन्धि तालिम शुरु 
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
निरन्तरको बर्षाले जनजिवन अस्तव्यस्त
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
गोइत नेतृत्वको मोर्चाको नाम परिवर्तन गरि “फ्रि लैण्ड लिवरेशन फ्रन्ट” राखियो
गाउँपालिका अध्यक्ष र उनका छोरासहित दश जना संक्रमित 
गाउँपालिका अध्यक्ष र उनका छोरासहित दश जना संक्रमित 
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग
अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग
पिएम कपमा सप्तरीको दोस्रो जित
पिएम कपमा सप्तरीको दोस्रो जित