पिएम कपमा सप्तरीको दोस्रो जित

राजविराज राजविराज
|
आइतबार, माघ २५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
पिएम कपमा सप्तरीको दोस्रो जित

सारांश

  •     टस जितेर सप्तरीले पहिले फिल्डिङ रोजेको थियो ।
  • ब्याटिङको निम्तो पाएको महोत्तरीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६५ रनको योगफल खडा गरेको थियो ।
  • महोत्तरीका लागि नवीन कुमार यादवले सर्वाधिक ३९ रनको योगदान दिए भने अभिषेक अधिकारीले ३२, अभिषेक तिवाडीले २१ र आदित्य मण्डलले ११ रन जोड्ेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २५ माघ । 

    राजविराजमा संचालिते प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता  अन्तर्गत आइतबार सम्पन्न खेलमा सप्तरीले महोत्तरीलाई ३ विकेटले पराजित गरेको छ । यो सप्तरीको लगातार दोस्रो जित हात हो । 
    टस जितेर सप्तरीले पहिले फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको महोत्तरीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६५ रनको योगफल खडा गरेको थियो । महोत्तरीका लागि नवीन कुमार यादवले सर्वाधिक ३९ रनको योगदान दिए भने अभिषेक अधिकारीले ३२, अभिषेक तिवाडीले २१ र आदित्य मण्डलले ११ रन जोड्ेका थिए । 
    बलिङतर्फ सप्तरीका अभिषेक कार्कीले ३, नितेश यादव र अजय यादवले समान २÷२ विकेट लिएका थिए । १ सय ६६ रनको लक्ष्य पछ्याएको सप्तरीले ३८ ओभर २ बलमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य पुरा ग¥यो । 
    सप्तरीका लागि भोला साहले ३०, पप्पु यादव (बि) ले २९, रोहन बिकले २६, अभिषेक कार्कीले २३ तथा रोबिन सिंहले १८ रन बनाएका थिए । बलिङतर्फ महोत्तरीका रमेश सहनीले ४, नितेश यादवले २ र आकाश मण्डलले १ विकेट हात पारेका थिए । 
    खेलको उत्कृष्ट प्रदर्शनका आधारमा सप्तरीका अभिषेक कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई सप्तरी क्रिकेट संघका सदस्य बिरेन्द्र यादवले नगद १ हजार ५ सय रुपैयाँसहित कप प्रदान गरेका थिए ।
    सप्तरी क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलित छात्रावासको शिलान्यास 
दलित छात्रावासको शिलान्यास 
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने
एक महिला स्वास्थ्यकर्मीसहित ७ जना कोरोना संक्रमित थपिए
एक महिला स्वास्थ्यकर्मीसहित ७ जना कोरोना संक्रमित थपिए
नेपाल केमिकल सोसाइटीको प्रेस नोट
नेपाल केमिकल सोसाइटीको प्रेस नोट
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने 
कारागारको सुरक्षामा खटिए नेपाली सेना, ६९ जना कैदीबन्दीले मतदान गर्न पाउने 
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो
“म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु” ः संचारमन्त्री लेखी 
“म पनि पत्रकारिता क्षेत्रबाट आएको व्यक्ति हुँ, पत्रकारहरुको पीडा, दुःख र कष्ट बुझेको छु” ः संचारमन्त्री लेखी 
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक
भगवती मन्दिर पुजा समितिको आयव्यय सार्वजनिक