दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीमा मंगलबार एकै दिन छुट्टाछुट्टै स्थानमा दुई बालिका र एक महिला गरि तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनिया टोलकी १२ वर्षिया सबना खातुनको मंगलबार बिहान घर नजिकैको नहरमा लुगा धुने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै पोखरीमा नुहाउने क्रममा खडक नगरपालिका ८ मुसहरनियाकी ३ वर्षिया एलिजा कुमारी चौधरीको डुबेर मृत्यु भएको छ । उनी डुबेको खबर पाई पुगेको प्रहरी टोलीले उद्दार गरि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरि मंगलबारै महदेवा गाउँपालिका ४ परसाही टोलकी ३० वर्षिया लक्षण कुमारी सदाको घर नजिकैको पोखरीमा भाडा माझ्दै गरेको बेला अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
एकै दिन दुई बालिका र एक महिलासहित तीन जनाको डुबेर मृत्यु
सारांश
- जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनिया टोलकी १२ वर्षिया सबना खातुनको मंगलबार बिहान घर नजिकैको नहरमा लुगा धुने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
- यस्तै पोखरीमा नुहाउने क्रममा खडक नगरपालिका ८ मुसहरनियाकी ३ वर्षिया एलिजा कुमारी चौधरीको डुबेर मृत्यु भएको छ ।
- उनी डुबेको खबर पाई पुगेको प्रहरी टोलीले उद्दार गरि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया