दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन

राजविराज राजविराज
|
सोमबार, पौष २९, २०८१
|
|
७८ पटक हेरिएको
Shares
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन

सारांश

  •     सो क्रममा गृह, संचार तथा कानुन मन्त्री लेखीले स्थानीयको समस्या समाधान तथा चोरी तस्करी नियन्त्रणका लागि गर्नु पर्ने प्रयास बारे समेत स्थानीयवासी सँग छलफल गरेका थिए ।
  • उनले तस्करी नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न स्थानीय सुरक्षा निकायलाई निर्देशन समेत दिए ।
  •       टोलीले उक्त गाउँको अवलोकन गर्दै स्थानीयसँग त्यहाको अवस्था र उनीहरुको समस्या बारे आवश्यक जानकारी लिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ पुस । 

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाको अवस्था बुझ्न मधेश प्रदेश सरकारका दुई मन्त्री सोमबार सुरक्षा निकायका प्रमुखहरुको टोलीसहित पुगेका छन् ।     मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, वन तथा पर्यटन मन्त्री सकिल अलिसहितको टोलीले त्यहाका जनप्रतिनिधि र अगुवाहरुलाई भेटेर आवश्यक जानकारी लिएका थिए । 
    सो क्रममा गृह, संचार तथा कानुन मन्त्री लेखीले स्थानीयको समस्या समाधान तथा चोरी तस्करी नियन्त्रणका लागि गर्नु पर्ने प्रयास बारे समेत स्थानीयवासी सँग छलफल गरेका थिए । उनले तस्करी नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न स्थानीय सुरक्षा निकायलाई निर्देशन समेत दिए । 
    टोलीले उक्त गाउँको अवलोकन गर्दै स्थानीयसँग त्यहाको अवस्था र उनीहरुको समस्या बारे आवश्यक जानकारी लिएका छन् । सो क्रममा अधिकांश स्थानीयले वर्षायाममा कोशी कटानले भोग्नुपरेको पीडा तथा यहाँबाट हुने चोरी तस्करीको बारेमा टोलीलाई आवश्यक जानकारी गराएका थिए । 
    सो टोलीमा मधेश प्रदेशका नीति आयोगका सदस्य डा. शिला मिश्रा, नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी लालमणि आचार्य, सशस्त्र प्रहरीका डिआइजी कालीदास धौबाजी, राष्ट्रिय अनुसन्धानका निर्देशक माधव तिमिल्सिना, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणि पौड्याल, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीसहितको टोली गोबरगाढा पुगेका हुन् । 
    भारतीय सीमासँग जोडिएको उक्त गाउँबाट विशेष गरि मदिरा, गाँजा, स्याउ, लहसुन लगायतका सरसामान भारततर्फ चोरी तस्करी हुने गरेको स्थानीयले टोली समक्ष जानकारी गराएका थिए । उक्त गाउँमा एक सय परिवारका करिब तीन सय जनाको बसोवास रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?