दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
नेपाल बार एशोसिएशनको ६९ औं स्थापना दिवसको अवसरमा आइतबार जिल्ला समन्वय समिति सप्तरीको सहिद पार्कमा फुल बिरूवा रोपन गरिएको छ ।
उच्च अदालत बार एशोसिएसनको आयोजनामा बिरुवा रोपन तथा हस्तान्तरण कार्यक्रम गरेको एशोसिएसनका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
जिल्ला समन्वय समितिको सहिद पार्कमा उच्च अदालतका न्यायाधीश सरला कुमारी पाण्डेको नेतृत्वमा धुमी, सल्ला, लगायतका बिरुवा रोपेका थिए ।
राजगढ गाउँपालिका सारदा राप्रपावि फैकराका सामुदायिक बिद्यालयलाई पाँचसय बिरुवा हस्तान्तरण गरेको एशोसिएसनका अध्यक्ष यादवले हस्तान्तरण गरेका हुन् । अध्यक्ष यादवले पर्यावरण जोगाउन र वातावरण संरक्षणको लागि रूख विरूवा रोप्ने कार्यलाई प्राथमिकतामा राखेको बताए ।
रूख विरूवाको बिनासका कारण अनावश्यक प्रकोप आइदिनाले रूखविरूवा रोप्न आवश्यक रहेकोले जिल्लाको प्रत्येक बिद्यालयलाई बिरुवा वितरण गर्ने योजना रहेपनि बिरुवा रोप्नका लागि विद्यालयहरू व्यवस्थित नभएकोले तत्काल बितरण गर्न नसकेपनि बिस्तारै व्यवस्थित भएपछि क्रमश बितरण गर्ने अध्यक्ष यादवको भनाइ रहेको थियोे ।
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
सारांश
- उच्च अदालत बार एशोसिएसनको आयोजनामा बिरुवा रोपन तथा हस्तान्तरण कार्यक्रम गरेको एशोसिएसनका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
- जिल्ला समन्वय समितिको सहिद पार्कमा उच्च अदालतका न्यायाधीश सरला कुमारी पाण्डेको नेतृत्वमा धुमी, सल्ला, लगायतका बिरुवा रोपेका थिए ।
- राजगढ गाउँपालिका सारदा राप्रपावि फैकराका सामुदायिक बिद्यालयलाई पाँचसय बिरुवा हस्तान्तरण गरेको एशोसिएसनका अध्यक्ष यादवले हस्तान्तरण गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया