दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ गोरपार वन क्षेत्रबाट सिकार गर्दै गरेका दुई जनालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कंचनरुप नगरपालिका १ बस्ने ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० बस्ने ३० वर्षिय रबिन तामाङ छन् ।
उनीहरुको साथबाट भरुवा बन्दुक एक थान, त्यसमा प्रयोग हुने २५ थान सर्रा र केही मात्रामा बारुद्ध बरामद गरिएको तथा नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अवैध रुपमा वनजंगल क्षेत्रभित्र बन्दुक लिएर दुई यूवक सिकार खेल्न पुगेको खबर पाएपछि सशस्त्र प्रहरी बल भारदह वेश क्याम्पबाट प्रहरी सहायक निरिक्षक बैजनाथ झाको कमान्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भरुवा बन्दुकसहित दुई सिकारी पक्राउ
सारांश
- पक्राउ पर्नेहरुमा कंचनरुप नगरपालिका १ बस्ने ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० बस्ने ३० वर्षिय रबिन तामाङ छन् ।
- उनीहरुको साथबाट भरुवा बन्दुक एक थान, त्यसमा प्रयोग हुने २५ थान सर्रा र केही मात्रामा बारुद्ध बरामद गरिएको तथा नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- अवैध रुपमा वनजंगल क्षेत्रभित्र बन्दुक लिएर दुई यूवक सिकार खेल्न पुगेको खबर पाएपछि सशस्त्र प्रहरी बल भारदह वेश क्याम्पबाट प्रहरी सहायक निरिक्षक बैजनाथ झाको कमान्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया