दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा उपाध्यक्षले गरेको तालाबन्दीका कारण कार्यालयको कामकाज प्रभावित भएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले चौथो पटक विहीबार गाउँपालिकाको योजना शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्दा कामकाज प्रभावित बन्न पुगेको हो ।
उनले आफूलाई सूचना नदिएको तथा कर्मचारीले पनि उपेक्षा गर्ने गरेको भन्दै महत्वपूर्ण निर्णयहरु गर्दा आफूलाई सहभागि नगराइएको र सूचना माग्दा अध्यक्ष र कर्मचारीसमेतले अटेर गर्ने गरेको आरोप लगाएकी छिन् ।
यसअघि पनि उनले सोही कारण देखाउँदै तीन पटक तालाबन्दी गरिसकेकी छिन् । तर, पुनः सोही कारण देखाएर गरेको तालाबन्दी माग पुरा नभएसम्म नखोलिने अडान लिएकी छिन् ।
यता गाउँपालिकाका अध्यक्ष सतिह कुमार सिंहले उपाध्यक्षको कुनै अधिकार कटौती नगरिएको र उनले मागेको सूचना समयमै उपलब्ध गराइएको दाबी गरेका छन् । उपाध्यक्ष स्वयंम तथा उनका केही आसेपासेले गाउँपालिकाको बजेटबाट गरेको विकास निर्माणको काममा गुणस्तरियता बारे कडाई गर्दा पूर्वाग्रही ढंगले अघि बढेको आरोप पनि लगाए ।
उपाध्यक्षद्वारा गरिएको तालाबन्दीले गाउँपालिकाको कामकाज प्रभावित
सारांश
- गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले चौथो पटक विहीबार गाउँपालिकाको योजना शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्दा कामकाज प्रभावित बन्न पुगेको हो ।
- उनले आफूलाई सूचना नदिएको तथा कर्मचारीले पनि उपेक्षा गर्ने गरेको भन्दै महत्वपूर्ण निर्णयहरु गर्दा आफूलाई सहभागि नगराइएको र सूचना माग्दा अध्यक्ष र कर्मचारीसमेतले अटेर गर्ने गरेको आरोप लगाएकी छिन् ।
- यसअघि पनि उनले सोही कारण देखाउँदै तीन पटक तालाबन्दी गरिसकेकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया