दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरी जिल्लामा अब कोरोना परिक्षणका लागि स्वाब संकलन गराउँदा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ ।
कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि पचिरयपत्र अनिवार्य गरिएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् ।
करिब एक दर्जन व्यक्तिले अर्कै नाम र ठेगाना लेखाएर स्वाब संकलन गराएकोमा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको खोजी गर्न समस्या भएका कारण सोमबारदेखी नागरिकता वा परिचय खुल्ने अन्य कुनै प्रमाणपत्र स्वाब परिक्षणका क्रममा अनिवार्य गरिएको उनको भनाई छ ।
“लागु औषध सेवनकर्ता त छदैछन्, उनले भने “जान्ने बुझ्ने र समाजका अगुवा समेत रहेका व्यक्तिबाट पनि झुठो विवरण लेखाउने गरेको खुलेको छ ।” डा. झाले पहिचान खुल्ने परिचय पत्रका आधारमा स्वाब संकलनको व्यवस्था सोमबारदेखी लागु गरिएको हुनाले धेरै हदसम्म यो समस्या हट्ने विश्वास व्यक्त गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले झुठो विवरण पेश गरि स्वाब परिक्षणमा आएका १२ जनामा पोजेटिभ देखिएपनि उनीहरुको खोजीमै हैरानी थपिएको बताए । अथक महिनेत गरेर ती मध्येका १० जना पत्ता लागेपनि २ जना अझैं फेला पर्न नसकेको र खोजीकार्य जारि रहेको उनको भनाई छ ।
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
सारांश
- कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि पचिरयपत्र अनिवार्य गरिएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा.
- रन्जित झाले जानकारी दिएका छन् ।
- करिब एक दर्जन व्यक्तिले अर्कै नाम र ठेगाना लेखाएर स्वाब संकलन गराएकोमा पोजेटिभ रिपोर्ट आएपछि उनीहरुको खोजी गर्न समस्या भएका कारण सोमबारदेखी नागरिकता वा परिचय खुल्ने अन्य कुनै प्रमाणपत्र स्वाब परिक्षणका क्रममा अनिवार्य गरिएको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया