विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली

राजविराज राजविराज
|
बुधबार, पौष १५, २०७७
|
|
२४ पटक हेरिएको
Shares
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली

सारांश

  •     लकडाउनदेखी हालसम्मको अवधीमा विद्युत चोरीमा संलग्न ४२ जनालाई कारवाही गरिएको छ भने उनीहरुबाट ३ लाख २ हजार ५ सय ४९ रुँपैया राजश्व असुली भएको बितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिएका छन् ।
  •     विद्युत चोरी नियन्त्रण अभियानलाई तिब्रता दिदै हुकिङ गरि विद्युत चोरी गरिरहेको अवस्थामा विद्युतीय सामाग्रि पनि ठूलो संख्यामा जफत गरेको छ ।
  • प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँ गाउँमा पुगेर टिभि, फ्रिज, फ्यान, पानी तान्ने मोटर, तार, कटरलगायतका १ सय ४० थान विद्युतीय उपकरण समेत नियन्त्रणमा लिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ पुस । 
    नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्रले विद्युत चोरीमा संलग्नहरुबाट तीन लाख रुपैया भन्दा बढी राजश्व संकलन गरेको छ ।
    लकडाउनदेखी हालसम्मको अवधीमा विद्युत चोरीमा संलग्न ४२ जनालाई कारवाही गरिएको छ भने उनीहरुबाट ३ लाख २ हजार ५ सय ४९ रुँपैया राजश्व असुली भएको बितरण केन्द्रका प्रमुख आमोद यादवले जानकारी दिएका छन् ।
    विद्युत चोरी नियन्त्रण अभियानलाई तिब्रता दिदै हुकिङ गरि विद्युत चोरी गरिरहेको अवस्थामा विद्युतीय सामाग्रि पनि ठूलो संख्यामा जफत गरेको छ । प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँ गाउँमा पुगेर टिभि, फ्रिज, फ्यान, पानी तान्ने मोटर, तार, कटरलगायतका १ सय ४० थान विद्युतीय उपकरण समेत नियन्त्रणमा लिएको छ । 
    यस्तै प्राधिकरणका इन्जिनियर बिमल प्रसाद साहले विद्युत चोरीमा संलग्नलाई न्यूनतम ३ हजारदेखी विद्युत खपत गरेको युनिटको आधारमा थप जरिवाना गरिएको बताए । 
    उनका अनुसार यस अवधीमा ५० लाख भन्दा बढी वक्यौता पनि उठाइएको छ । यता समयमै महसुल नबुझाउने १ सय ४० जना ग्राहकको लाइन यसअवधीमा काटिएकोमा १ सय २७ जनाबाट ५७ लाख २४ हजार ८ सय ५३ रुँपैया असुली भइसकेको र अन्य बाँकीबाट पनि प्राप्त हुने क्रम जारि रहेको इन्जिनियर साहले जानकारी दिए । 
    राजविराज बितरण केन्द्र अन्तरगत कुल ५१ हजार ९ सय ८७ ग्राहक छन् । विद्युत चोरीमा संलग्नहरुलाई धमाधम कारवाही गर्न थालिएपछि विगतको तुलनामा विद्युत हुकिङ गरेर चोरी गर्नेको संख्या अहिले घट्दै गएको तर, पूर्ण नियन्त्रणमा भने हुननसकेको केन्द्रका प्रमुख यादवको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?