दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पतालबाट २० दिन अघि रेफर गरिएका राजविराज ६ दलित वस्तीका २७ वर्षिय रुपेश सदा आर्थिक अभावले घरको ओच्छ्यानबाटै जीवन रक्षका लागी आर्थिक सहयोगको याचना गरेका छन ।
नसा च्यापिएर हिडडुल गर्न नसक्ने भइ उपचारको अभावमा घरको ओच्छ्यानबाट आफ्नो ज्यान बचाउन सहयोगको याचना गरेका हुन ।
पेशाले मजदुर रहेको उनी एक महिना अघि ढलानको काम गर्ने क्रममा टाउकोमा सिमेन्टको बोरा बोकेर लैजादै गर्दा अचानक लडेर अचेत भएका थिए । सो क्रममा टाउको, घाँटी र ढाडमा चोट लागेर घाउ हुनुका साथै उनको घाँटी र ढाडको नसा च्यापिएको थियो । जसकारण उनी हिडडुल गर्न नसक्ने समेत भएका छन ।
घाइते श्रीमान् रुपेशको उपचार गर्न मजदुरी पेशमा मै संलग्न श्रीमती रम्भाले उपचारका लागी वडा कार्यालयबाट केही सहयोग तथा साहु महाजनसँग ऋण सापटी खोजेर उपचारका लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएकी थिइन । त्यहाँ ५ दिनको उपचार र बसाईमा साथमा रहेको १ लाख १० हजार मध्ये १ लाख ५ हजार खर्च भईसक्दा पनि निको नभएको र चिकित्सकले, अप्रेशन गर्नू पर्छ भन्दै थप १ लाख ५० हजार रुपैया व्यवस्था गर्नु भनेपछि पैसा नहुदा उपचार नै नगरी श्रीमानलाई लिइ फर्केको उनले सुनाइन ।
धरानबाट फर्केपछी श्रीमानलाई ५ दिन स्थानीय गजेन्द्रनारायण सिह अस्पतालमा समेत भर्ना गराएको र त्यहाँ चिकित्सकले नशा सम्बन्धि रोगको उपचारका लागी बाहिर लैजाने सल्लाहसहित रेफर गरिदिएको रम्भाले सुनाईन ।
“पहिल्यै लिएको ऋण कर्जा तिर्न सकेकी छैन, काममा बाहिर पनि निस्कन सकेकी छैन, आँखाबाट आँसु झार्दै उनले भनिन– जीवन मरणको दोसाँधमा रहेका श्रीमानको उपचार, ३ जना नाबालक सन्तानको लालन पालनमा समस्या भएको छ ।”
आफ्नो नाउँमा एक धुर जग्गा नरहेको सदा परिवार अहिले सडक किनारमा २ धुर एलानी जग्गामा फुसको झुप्रो बनाई वसोवास गर्दै आएका छन । उपचारका लागी सदा परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछी सहयोगका लागी हात फैलाएको वडा अध्यक्ष शशी चौधरीले बताए ।
दैनिक मजदुरीमा जान नपाउँदा आम्दानीको बाटो बन्द भई हातमुख जोडन तथा विरामी परेका रुपेशको उपचारमा समस्या भएकाले सबैले मिलेर सहयोग गर्नु पर्ने वडा अध्यक्ष चौधरीको भनाइ छ ।
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
सारांश
- नसा च्यापिएर हिडडुल गर्न नसक्ने भइ उपचारको अभावमा घरको ओच्छ्यानबाट आफ्नो ज्यान बचाउन सहयोगको याचना गरेका हुन ।
- पेशाले मजदुर रहेको उनी एक महिना अघि ढलानको काम गर्ने क्रममा टाउकोमा सिमेन्टको बोरा बोकेर लैजादै गर्दा अचानक लडेर अचेत भएका थिए ।
- सो क्रममा टाउको, घाँटी र ढाडमा चोट लागेर घाउ हुनुका साथै उनको घाँटी र ढाडको नसा च्यापिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया