राजविराज/प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मन्दिरको मर्मत सम्भार र नयाँ संरचना निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरेका छन् ।
राजविराज ५ स्थित गणेश मन्दिरको नव संरचना निर्माणको लागि आर्थिक सहयोग गर्ने ५८ जना दाताहरुलाई शनिबार सम्मान गरेका हुन् ।
मन्दिर परिषदमा आयोजित सम्मान समारोहमा मन्दिर निर्माणमा सर्वाधिक १ लाख ५१ ह्जार सहयोग गर्ने राजविराज ५ निवासी शैलेन्द्रचन्द्र झा ‘बुधन‘, संजु झा, कुमार अभिनव, सतिशचन्द्र झाका साथै मिलन सिंह, शैलेन्द्र मोहन झा, मोकेन्द्रयादव लगायत ५८ जना दातालाई मन्त्री साहले कदर पत्रबाट सम्मान गरेका थिए ।
जीर्ण अवस्थामा पुग्न लागेको मन्दिर नवनिर्माणका लागि मन्त्री साहले आफ्नो व्यक्तिगत ५१ ह्जार रुपैयाँसमेत सहयोग गरेका छन् ।
स्वर्गीय अकलमान श्रेष्ठ मुल संस्थापक रहेको मन्दिरलाई नयाँ स्वरुप दिन अहिलेसम्म १२ लाख ६ हजार रुपैयाँ विभिन्न दाताहरुबाट प्राप्त भएको स्वर शर्मा मन्दिर समितिले जानकारी गराएको थियो ।
मन्दिर मर्मत सम्भारमा सहयोग गर्ने दाता सम्मानित
सारांश
- जीर्ण अवस्थामा पुग्न लागेको मन्दिर नवनिर्माणका लागि मन्त्री साहले आफ्नो व्यक्तिगत ५१ ह्जार रुपैयाँसमेत सहयोग गरेका छन् ।
- स्वर्गीय अकलमान श्रेष्ठ मुल संस्थापक रहेको मन्दिरलाई नयाँ स्वरुप दिन अहिलेसम्म १२ लाख ६ हजार रुपैयाँ विभिन्न दाताहरुबाट प्राप्त भएको स्वर शर्मा मन्दिर समितिले जानकारी गराएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया