आगलागिमा तीन लाख मुल्यको क्षति

राजविराज राजविराज
|
बुधबार, जेठ २४, २०८०
|
|
५० पटक हेरिएको
Shares
आगलागिमा तीन लाख मुल्यको क्षति

सारांश

  •     बुधबार जिल्लाको कंचनरुप नगरपालिका १ बैरवा टोलमा आगलागि हुँदा एक जलेर नष्ट भएको छ ।
  • सो आगलागिमा ३ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  •       स्थानिय अनिल साहको फुसको घरमा अचानक आगलगि हुदाँ घरमा रहेको चामल, गहु, एक थान साईकल र घरमा रहेको लत्ता कपडा, काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ जेठ । 
    सप्तरीको कंचनरुप नगरपालिका र राजगढ गाउँपालिकाको छुट्टाछुटै स्थानमा आगलागि भएको छ । 
    बुधबार जिल्लाको कंचनरुप नगरपालिका १ बैरवा टोलमा आगलागि हुँदा एक जलेर नष्ट भएको छ । सो आगलागिमा ३ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
    स्थानिय अनिल साहको फुसको घरमा अचानक आगलगि हुदाँ घरमा रहेको चामल, गहु, एक थान साईकल र घरमा रहेको लत्ता कपडा, काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    आगोलाई स्थानियबासि, कंचनरुप नगरपालिकाको दमकल र ईलाका प्रहरी कार्यलय कंचनपुरको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । 
    यस्तै मंगलबार जिल्लाको राजगढ गाउँपालिका ६ फकिरा टोलस्थित अन्सारुल खाँको परालको टालमा आगलागि भएको छ । 
    प्रहरी र स्थानियबासिको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाउँदै आगलागिमा कुनै मानविय तथा चौपाया क्षती नभएको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?