दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा पर्सा र सिरहा बिजयी भएका छन ।
पर्साले सर्लाहीलाई १ सय ६८ रनको फराकिलो अन्तरले जितेको छ भने सिरहाले बारालाई ४४ रनले पराजित गरेको हो ।
राजरंगशाला खेलमैदानमा पर्सा र सर्लाही बिच खेलमा पर्साले टस जितेर निर्धारित ५० ओभरको खेलमा ९ बिकेट गुमाएर ४ सय ४८ रन को विशाल योगफल खडा गरेको थियो । जसमा सुरज पटेलले उत्कृष्ट प्रदर्शन गर्दै १५ चौका र ४ छक्काको मदतले १ सय ४ रन तथा नसरूद्विन अन्सारीले ५० बलमा ७ चौका र ९ छक्काको सहयोगले १ सय ३ रन बनाएका थिए भने मोहम्मद समीर ३९ र सैफुला अंसारी २२ अविजित रनको पारी खेलेका थिए ।
बलिङतर्फ सर्लाहीका सुमन शुक्ला र आशुतोष यादब ३÷३ बिकेट तथा विशाल पटेल, सन्दिप खडका, अलि हुसेनले १÷१ बिकेट हात पारे ।
जवाफमा सर्लाहीले ४२ ओभर १ बलमा सबै बिकेट गुमाई १ सय ८१ रन मै सिमित रहयो । जसमा रंजित यादबले अविजित ५७ रन र सौरब सुमन ३४ रन बनाएपनि जितका लागि सहज भएन ।
बलिंङतर्फ पर्साका सैफुला अंन्सारी, सोनु शर्मा र हासिम अंन्सारीले २÷२ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच पर्साका सुरज पटेल घोषित भए ।
यसैगरी मबिव खेल मैदानमा सिरहा र बारा बिचको खेलमा सिरहाले टस जितेर ४५ ओभरमा ६ बिकेट गुमाएर २ सय ४६ रनको योगफल खडा गरेको थियो । जसमा शैलेन्द्र साहले उत्कृष्ट ब्याटिंग गर्दै १ सय ८ रन बनाएका थिए भने प्रनव झा ३० र सुमन गतराजले २८ रन जोडे । बलिंङतर्फ बाराका जितेन्द्र यादब र कुमार थापा २÷२ बिकेट र भुलावन सहनी १ बिकेट लिए ।
जवाफमा बाराले ४१ ओभरमा ९ बिकेट गुमाएर २ सय २ रन मै सिमित रहे भने एक जना ब्याटस म्यान रिटार्यड आउट भएका थिए । बलिंङतर्फ सिरहाका अफरूद्विन रायन र कुश मण्डल ३÷३ बिकेट र रूपेश सिँह २ र सुरेश यादब १÷१ बिकेट लिए पछि सिरहाले बारालाई ४४ रनले पराजित ग¥यो । खेलको म्यान अफ दि म्याच सिरहाका शैलेन्द्र साह घोषित भए ।
सोमबारको लिग चरणको अन्तिम खेल अन्तर्गत पर्सा र सिरहा तथा बारा र सर्लाही बिच हुने सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा पर्सा र सिरहा बिजयी
सारांश
- पर्साले सर्लाहीलाई १ सय ६८ रनको फराकिलो अन्तरले जितेको छ भने सिरहाले बारालाई ४४ रनले पराजित गरेको हो ।
- राजरंगशाला खेलमैदानमा पर्सा र सर्लाही बिच खेलमा पर्साले टस जितेर निर्धारित ५० ओभरको खेलमा ९ बिकेट गुमाएर ४ सय ४८ रन को विशाल योगफल खडा गरेको थियो ।
- जसमा सुरज पटेलले उत्कृष्ट प्रदर्शन गर्दै १५ चौका र ४ छक्काको मदतले १ सय ४ रन तथा नसरूद्विन अन्सारीले ५० बलमा ७ चौका र ९ छक्काको सहयोगले १ सय ३ रन बनाएका थिए भने मोहम्मद समीर ३९ र सैफुला अंसारी २२ अविजित रनको पारी खेलेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया