पिएम कप प्रदेशस्तरिय छनोट खेलमा पर्सा र सिरहा बिजयी 

राजविराज राजविराज
|
आइतबार, पौष १८, २०७८
|
|
४८ पटक हेरिएको
Shares
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा पर्सा र सिरहा बिजयी 

सारांश

  •     पर्साले सर्लाहीलाई १ सय ६८ रनको फराकिलो अन्तरले जितेको छ भने सिरहाले बारालाई ४४ रनले पराजित गरेको हो ।
  •     राजरंगशाला खेलमैदानमा पर्सा र सर्लाही बिच खेलमा पर्साले टस जितेर निर्धारित ५० ओभरको खेलमा ९ बिकेट गुमाएर ४ सय ४८ रन को विशाल योगफल खडा गरेको थियो ।
  • जसमा सुरज पटेलले उत्कृष्ट प्रदर्शन गर्दै १५ चौका र ४ छक्काको मदतले १ सय ४ रन तथा नसरूद्विन अन्सारीले ५० बलमा ७ चौका र ९ छक्काको सहयोगले १ सय ३ रन बनाएका थिए भने मोहम्मद समीर ३९ र  सैफुला अंसारी २२ अविजित रनको पारी खेलेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 
    राजबिराजमा संचालित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनोट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा पर्सा र सिरहा बिजयी भएका छन । 
    पर्साले सर्लाहीलाई १ सय ६८ रनको फराकिलो अन्तरले जितेको छ भने सिरहाले बारालाई ४४ रनले पराजित गरेको हो ।
    राजरंगशाला खेलमैदानमा पर्सा र सर्लाही बिच खेलमा पर्साले टस जितेर निर्धारित ५० ओभरको खेलमा ९ बिकेट गुमाएर ४ सय ४८ रन को विशाल योगफल खडा गरेको थियो । जसमा सुरज पटेलले उत्कृष्ट प्रदर्शन गर्दै १५ चौका र ४ छक्काको मदतले १ सय ४ रन तथा नसरूद्विन अन्सारीले ५० बलमा ७ चौका र ९ छक्काको सहयोगले १ सय ३ रन बनाएका थिए भने मोहम्मद समीर ३९ र  सैफुला अंसारी २२ अविजित रनको पारी खेलेका थिए । 
    बलिङतर्फ सर्लाहीका सुमन शुक्ला र आशुतोष यादब ३÷३ बिकेट तथा विशाल पटेल, सन्दिप खडका, अलि हुसेनले १÷१ बिकेट हात पारे । 
    जवाफमा सर्लाहीले ४२ ओभर १ बलमा सबै बिकेट गुमाई १ सय ८१ रन मै सिमित रहयो ।     जसमा रंजित यादबले अविजित ५७ रन र सौरब सुमन ३४ रन बनाएपनि जितका लागि सहज भएन । 
    बलिंङतर्फ पर्साका सैफुला अंन्सारी, सोनु शर्मा र हासिम अंन्सारीले २÷२ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच पर्साका सुरज पटेल घोषित भए । 
    यसैगरी मबिव खेल मैदानमा सिरहा र बारा बिचको खेलमा सिरहाले टस जितेर ४५ ओभरमा ६ बिकेट गुमाएर २ सय ४६ रनको योगफल खडा गरेको थियो । जसमा शैलेन्द्र साहले उत्कृष्ट ब्याटिंग गर्दै १ सय ८ रन बनाएका थिए भने प्रनव झा ३० र सुमन गतराजले २८ रन जोडे । बलिंङतर्फ बाराका जितेन्द्र यादब र कुमार थापा २÷२ बिकेट र भुलावन सहनी १ बिकेट लिए । 
    जवाफमा बाराले ४१ ओभरमा ९ बिकेट गुमाएर २ सय २ रन मै सिमित रहे भने एक जना ब्याटस म्यान रिटार्यड आउट भएका थिए । बलिंङतर्फ सिरहाका अफरूद्विन रायन र कुश मण्डल ३÷३ बिकेट र रूपेश सिँह २ र सुरेश यादब १÷१ बिकेट लिए पछि सिरहाले बारालाई ४४ रनले पराजित ग¥यो । खेलको म्यान अफ दि म्याच सिरहाका शैलेन्द्र साह घोषित भए । 
    सोमबारको लिग चरणको अन्तिम खेल अन्तर्गत पर्सा र सिरहा तथा बारा र सर्लाही बिच हुने सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?