दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
मधेश प्रदेशसभा सदस्य माला कर्णले भस्विद्यालयमा अध्ययनरत वालवालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।
प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवसको अवसरमा आइतबार प्रदेशसभा सदस्य कर्णले राजविराज वडा नं. ८ स्थित राष्ट्रिय प्राथमिक अधारभूत विधालयका वालवालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । विधालयका ३५ जना वालवालिकाहरूलाई ५÷५ वटा कापी र २÷२ वटा डटपेन वितरण गरिएको थियो ।
शैक्षिक सामग्री वितरण गर्ने क्रममा प्रदेशसभा सदस्य कर्णले आगामी दिनमा प्रदेशका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारको निम्ति आफूले प्रदेश सरकारसँग पहल गर्ने बताइन् । उनले विधालयमा सबै थोक हुँदाहुँदै पनि वालवालिकाहरूलाई निरन्तर पढाइका लागि प्रोत्साहन गर्नु पर्नेमा जोड दिइन् ।
सो अवसरमा प्रेस सेन्टर नेपालको जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष दिनानाथ यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, प्रेस सेन्टर नेपालको प्रदेश महासचिव गोपाल प्रसाद गुप्ता, सचिव ध्रुव कुमार मंडल, जिल्ला उपाध्यक्ष कमानन्द माझी, कोषाध्यक्ष जितेन्द्र गुप्ता लगायत विधालयका महिला शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।
प्रदेशसभा सदस्य कर्णद्वारा शैक्षिक सामग्री वितरण
सारांश
- प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवसको अवसरमा आइतबार प्रदेशसभा सदस्य कर्णले राजविराज वडा नं.
- ८ स्थित राष्ट्रिय प्राथमिक अधारभूत विधालयका वालवालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
- विधालयका ३५ जना वालवालिकाहरूलाई ५÷५ वटा कापी र २÷२ वटा डटपेन वितरण गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया