दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
भुमिसुधार तथा तथा मालपोत कार्यालय राजविराजले शुक्रबारदेखी अनलाइन प्रणाली सुरु गर्ने भएको छ ।
मालपोत कार्यालयका प्रमुख सिकेन्द्र प्रसादले नेपालका ५० मालोपोत कार्यालयमा अनलाइन प्रणाली लागु भइसकेको जानकारी दिँदै सप्तरीको राजविराज मालपोत कार्यालयमा अनलाइन प्रणाली लागु भएपछि जनताले सजिलैसँगै काम गर्न गराउने सक्ने बताए ।
अहिले हुने गरेको कामकाज अलि जटिल रहेकोले अनलाइन प्रणालीबाट ग्राहक आफै पनि फारम भरेर जग्गा किनबेच, नामसारी लगायतका काम गर्न सक्ने बताए ।
अनलाइन प्रणालीमा जग्गाधनीहरुले आफ्नो विवरण तथा खरीद बिक्रि गर्नेको विवरण, लिखत अधिकृत वारिसबाट गरिने विवरण, जग्गाको विवरण, कित्ताको विवरण, संरक्षक लगायतकाको विवरण भर्न सक्ने प्रावधान गरिएको उनले बताए ।
यसअघि सप्तरीको कंचनरुप नगरपालिकास्थित कंचनपुर मालपोत कार्यालय अनलाइन प्रणाली दुई महिना अघि नै सूचारु भइसकेको उनले जानकारी दिए ।
यता लेखापढी संघका पूर्व अध्यक्ष जयनारायण देवले अनलाईन प्रणालीमा बिटोरी र गाउँ ब्लकका जग्गा बारे कुनै विवरण उल्लेख नभएकोले यसप्रति कार्यालय जवाफदेहीता बन्नु पर्ने बताए ।
सप्तरीमा २५ प्रतिशत गाउँ ब्लक र १० प्रतिशत जग्गा बिटोरी नै रहेकोले ती जग्गावालाहरुलाई आउने समस्याप्रति कार्यालय गम्भिर हुनुपर्ने जिकिर गरे ।
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली सुरु हुँदै
सारांश
- मालपोत कार्यालयका प्रमुख सिकेन्द्र प्रसादले नेपालका ५० मालोपोत कार्यालयमा अनलाइन प्रणाली लागु भइसकेको जानकारी दिँदै सप्तरीको राजविराज मालपोत कार्यालयमा अनलाइन प्रणाली लागु भएपछि जनताले सजिलैसँगै काम गर्न गराउने सक्ने बताए ।
- अहिले हुने गरेको कामकाज अलि जटिल रहेकोले अनलाइन प्रणालीबाट ग्राहक आफै पनि फारम भरेर जग्गा किनबेच, नामसारी लगायतका काम गर्न सक्ने बताए ।
- अनलाइन प्रणालीमा जग्गाधनीहरुले आफ्नो विवरण तथा खरीद बिक्रि गर्नेको विवरण, लिखत अधिकृत वारिसबाट गरिने विवरण, जग्गाको विवरण, कित्ताको विवरण, संरक्षक लगायतकाको विवरण भर्न सक्ने प्रावधान गरिएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया