समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्छ ः वरिष्ठ उपाध्यक्ष देव

राजविराज राजविराज
|
सोमबार, श्रावण २९, २०८०
|
|
७० पटक हेरिएको
Shares
समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्छ ः वरिष्ठ उपाध्यक्ष देव

सारांश

  •     समारोहमा गैसस महासंघका बरिष्ठ उपाध्यक्ष ध्रुव देवले समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्नेमा जोड दिएका छन् ।
  • उनले समुदाय बिधालयको शिक्षा कमजोरसँगै अभिभावकको बिश्वास घट्दै गएकोले सबै मिलेर सामुदायिक बिद्यालयमा गुणस्तरिय सुधार ल्याउनुपर्ने धारणा रोख ।
  •       कार्यक्रममा गैसस महासंघ सप्तरीका अध्यक्ष तथा सबल नेपालका निर्देशक दिपक झाले बालवालिकाहरूको सिकाई उपलब्धी, पठनपाठनमा सुधार, समुदायको क्षमता बिकास, वालवालिकाहरूको पठाईमा सुधार र घरमा सिकाईको वातावरण निर्माण गर्नका लागि निरन्तर कार्यक्रम गर्दै बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ साउन । 

    सबल नेपालले आफ्नो स्थापना दिवस मनाएको छ । सोमबार आयोजित एक समारोहबीच सबलले १८ औ साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
    समारोहमा गैसस महासंघका बरिष्ठ उपाध्यक्ष ध्रुव देवले समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले समुदाय बिधालयको शिक्षा कमजोरसँगै अभिभावकको बिश्वास घट्दै गएकोले सबै मिलेर सामुदायिक बिद्यालयमा गुणस्तरिय सुधार ल्याउनुपर्ने धारणा रोख । 
    कार्यक्रममा गैसस महासंघ सप्तरीका अध्यक्ष तथा सबल नेपालका निर्देशक दिपक झाले बालवालिकाहरूको सिकाई उपलब्धी, पठनपाठनमा सुधार, समुदायको क्षमता बिकास, वालवालिकाहरूको पठाईमा सुधार र घरमा सिकाईको वातावरण निर्माण गर्नका लागि निरन्तर कार्यक्रम गर्दै बताए ।
    उनले स्थानिय तहले बाटो, सडक, भवन निर्माणलाई मात्र बिकास बुझेकोले बालवालिकाहहरूको स्वास्थ, शिक्षालाई प्राथमिकतामा नराख्दा प्रभावकारी उपलब्धी हासिल गर्न चुनौती रहेकोले बालवालिकाको बिकासलाई जनप्रतिनिधिहरूले कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।
    गैसस महासंघ नेपाल सप्तरीका प्रथम अध्यक्ष दिलिप चौधरीले समुदायको बिकास र ब्यवहारमा परिवर्तन सँगै आय आर्जनमा सुधार ल्याउनका लागि सबलले निरन्तर रूपमा समाजलाई सबल बनाउन खेलेको भुमिकाप्रति प्रशंसा गरे ।
    सोही अवसरमा कोशी पीडित समाजका निर्देशक देव नारायण यादबले सबल नेपालले समाज र समुदाय तथा राष्ट्र हितका लागी पु¥याएको योगदान बारे चर्चा गरे ।
    कार्यक्रममा सबल नेपालका अध्यक्ष जुना गिरीले आ.ब. २०७९÷८० को बार्षिक प्रगती प्रतिवेदन तथा आ.ब. २०८०÷८१ को बार्षिक कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेकी छिन् ।
    आ.ब. ०७८÷७९ मा खर्चको अनुमानित बिवरण अनुसार समुन्नती र संकल्प कार्यक्रम तर्फ ५ करोड १८ लाख, खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम तर्फ ४ करोड २५ लाख, सौर्यउर्जा प्रवद्र्ध्वन कार्यक्रम तर्फ १२ लाख १९ हजार, शुद्व खानेपानी माथि सहज पहुँचका लागि ४२ लाख ५० हजार, दैबी प्रकोप राहत तथा कोरोना रोकथाम कार्यक्रम तथा सहयोगमा २ करोड ५० लाख, वातावरण संरक्षण अभियान २ करोड ५० लाख, कृषीमा आधारित कार्यक्रममा ७५ लाख २५ हजार र संस्था संचालन तर्फ ७५ लाख ४५ हजार गरी जम्मा १६ करोड ४८ लाख ३९ हजार बरावरको आयव्यय सार्वजनिक गरिन् ।
    उनले सवलले शिक्षा, स्वास्थ, जिविकोपार्जन, किशोरकिशोरी बिकास कार्यक्रम संचालन गर्दै आएको जानकारी दिँदै सेभ द चिल्ड्रेन र सबल नेपालको साझेदारीमा जिल्लाको खडक र सुरूङ्गा नगरपालिकामा बाल बिकास केन्द्र निर्माण, शिक्षक शिक्षिकाहरूलाई शिक्षण सिकाई क्रियाकलापका लागि क्षमता बिकास तालिम, स्वास्थ चौकीहरूमा सामग्री बितरण, स्वास्थकर्मिहरूको क्षमता बिकास, किशोरकिशोरी क्षमता बिकास, नेतृत्व बिकास, बालभिते पत्रकारिता, बालअधिकार सुरक्षित मातृत्व सम्बन्धी कार्यक्रम गर्दै आएको उल्लेख गरिन् ।
    कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, सुरूङ्गा नगरपालिका १० का वडा अध्यक्ष चन्द्र नारायण यादब, महुली समुदाय बिकास केन्द्रका अध्यक्ष श्यामकान्त चौधरी, सेभ द चिल्ड्रेनका देवकृष्ण भगत, आसबिर सारू, जिल्ला बाल संजालका अध्यक्ष सलमा खातुन, सबल नेपालका संस्थापक अशोक कुमार साह, परमेश्वर झा, संस्थाका कार्यक्रम संयोजक रोशन मण्डल, सिरहाका वास कार्यक्रम संयोजक भिमलाल साही लगायत संस्थाका साधारण सदस्य तथा विभिन्न सघसंस्थाहरू तथा पालिकाहरूको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल
राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल
विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 
विरोधका लागी सडकमा पोख्न तयार गरिएको  दुध गोरख बनाएर यात्रुलाई खुवाइयो 
सुँगुर मार्नेलाई  पाँच सय पुरस्कार
सुँगुर मार्नेलाई  पाँच सय पुरस्कार
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
स्वास्थ, शिक्षा तथा कृषीमा मुहार फेरिदै
स्वास्थ, शिक्षा तथा कृषीमा मुहार फेरिदै
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
विद्यार्थीलाई कक्षा कोठमा मोबाईल निषेध शिक्षक अनुपस्थित भए तलब भत्ता कट्टा गरिने 
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा  भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा  भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
क्यान्सर पीडित छोराका लागि यादव  दम्पत्तीद्वारा सहयोगको याचना
क्यान्सर पीडित छोराका लागि यादव  दम्पत्तीद्वारा सहयोगको याचना