एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 

राजविराज राजविराज
|
शनिबार, पौष २८, २०८०
|
|
४४ पटक हेरिएको
Shares
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 

सारांश

  •     राजविराज ७ निवासी शारीरिक रुपमा असक्त ४७ वर्षिय उमाकान्त साहले बचत योजनाको स्वास्थ्य विमा कार्यक्रम अन्तरगत आफूले पाउनु पर्ने रकम दिन बैंकले विभिन्न बहाना देखाई आलटाल गरिरहेको गुनासो पोखेका हुन् ।
  •       दश महिना अघि सो बैंकको राजविराज शाखामा १ लाख रुँपैया जम्मा गरि उनले स्वास्थ्य विमा लाभ पाउने गरि डायमण्ड बचत खाता खोलेका थिए ।
  • उक्त बचत योजना अन्तरगत खाताधारीलाई बिरामी पर्दा अस्पताल भर्ना खर्च दाबी गर्न सकिने सुविधा रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ पुस ।

    राजविराजस्थित एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापतको रकम नदिएको सेवाग्राहीले गुनासो गरेका छन् । विभिन्न लोभ लाग्दो योजना ल्याएर ग्राहक संख्या बढाएको सो बैंकले सात महिना भन्दा बढी भइसक्दा पनि प्रतिबद्धता अनुसारको उक्त रकम भुक्तानी गर्न आलटाल गरिरहेको छ । 
    राजविराज ७ निवासी शारीरिक रुपमा असक्त ४७ वर्षिय उमाकान्त साहले बचत योजनाको स्वास्थ्य विमा कार्यक्रम अन्तरगत आफूले पाउनु पर्ने रकम दिन बैंकले विभिन्न बहाना देखाई आलटाल गरिरहेको गुनासो पोखेका हुन् । 
    दश महिना अघि सो बैंकको राजविराज शाखामा १ लाख रुँपैया जम्मा गरि उनले स्वास्थ्य विमा लाभ पाउने गरि डायमण्ड बचत खाता खोलेका थिए । उक्त बचत योजना अन्तरगत खाताधारीलाई बिरामी पर्दा अस्पताल भर्ना खर्च दाबी गर्न सकिने सुविधा रहेको थियो । 
    उनी सात महिनाअघि गम्भिर बिरामी परे । उनको विर्तामोडस्थित बिराट हस्पिटल एउड रिसर्च सेन्टरमा आन्द्रा तथा मलद्वारको शल्यक्रिया गरिएको थियो । उनी अहिलेपनि महिनैपिच्छे परिक्षणका लागि त्यहा जाने गरेका छन् । 
    साहले उपचारको क्रममा भएको खर्च ५८ हजार ५ सय ५५ रुँपैयाको बिलसहित आवश्यक सम्पूर्ण कागजात बैंकलाई बुझाएको सात महिना बितिसकेको छ । तर, हालसम्म एक सुको पनि नपाएको उनको गुनसो छ । 
    उनले भने, “सात महिनादेखी उपचार खर्च वापतको भुक्तानीका लागि बैंकमा कुदेको कुँदै छु, तर, प्रबन्धक इश्वर यादवले प्रक्रिया मै छ भन्दै फर्काइदिने गरेका छन् ।” 
    शारिरीक रुपमा असक्त भएकाहरुको अधिकार बारे पैरबी गर्दै आएका जगदीश प्रसाद अर्यालले बैंकको यस्तो व्यवहार उचित नभएको बताउछन् । भ्रामक प्रचार प्रसार वा विज्ञापन गरी अनुचित लाभ लिने प्रयासको समयमै छानबिन हुनु जरुरी छ, उनले भने । 
    पहुँच र भनसुनका आधारमा एकाधले उक्त बचत योजनाको लाभ पाएपनि धेरैजसो बचतकर्ता पटयार लाग्दो पर्खाईमा रहेको बुझिएको छ । 
    यता प्रबन्धक यादवले डायमण्ड बचत योजना अन्तरगत साहले पाउनु पर्ने उपचार खर्चका लागि सम्पूर्ण कागजात बैंकको केन्द्रिय कार्यालयमा पठाइसकिएको र भुक्तानीका लागि आफूले पहल गरिरहेको जनाएका छन् । 
    उनले भने, “यताबाट गर्नुपर्ने सबै काम पुरा गरेर केन्द्रमा पठाइसकेका छौं, बैंकले सम्झौता गरेको विमा कम्पनीका कारण ढिलाई हुन गएको होला जस्तो लागेको छ ।” सो योजना अन्तरगत बैंकले प्रोडेन्सियल इन्स्योरेन्स कम्पनी लि.सँग सम्झौता गरेको बताइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ