एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 

राजविराज राजविराज
|
शनिबार, पौष २८, २०८०
|
|
८१ पटक हेरिएको
Shares
एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापत पाउनु पर्ने रकम नदिएको गुनासो 

सारांश

  •     राजविराज ७ निवासी शारीरिक रुपमा असक्त ४७ वर्षिय उमाकान्त साहले बचत योजनाको स्वास्थ्य विमा कार्यक्रम अन्तरगत आफूले पाउनु पर्ने रकम दिन बैंकले विभिन्न बहाना देखाई आलटाल गरिरहेको गुनासो पोखेका हुन् ।
  •       दश महिना अघि सो बैंकको राजविराज शाखामा १ लाख रुँपैया जम्मा गरि उनले स्वास्थ्य विमा लाभ पाउने गरि डायमण्ड बचत खाता खोलेका थिए ।
  • उक्त बचत योजना अन्तरगत खाताधारीलाई बिरामी पर्दा अस्पताल भर्ना खर्च दाबी गर्न सकिने सुविधा रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ पुस ।

    राजविराजस्थित एनआइसी एशिया बैंकले स्वास्थ्य विमा वापतको रकम नदिएको सेवाग्राहीले गुनासो गरेका छन् । विभिन्न लोभ लाग्दो योजना ल्याएर ग्राहक संख्या बढाएको सो बैंकले सात महिना भन्दा बढी भइसक्दा पनि प्रतिबद्धता अनुसारको उक्त रकम भुक्तानी गर्न आलटाल गरिरहेको छ । 
    राजविराज ७ निवासी शारीरिक रुपमा असक्त ४७ वर्षिय उमाकान्त साहले बचत योजनाको स्वास्थ्य विमा कार्यक्रम अन्तरगत आफूले पाउनु पर्ने रकम दिन बैंकले विभिन्न बहाना देखाई आलटाल गरिरहेको गुनासो पोखेका हुन् । 
    दश महिना अघि सो बैंकको राजविराज शाखामा १ लाख रुँपैया जम्मा गरि उनले स्वास्थ्य विमा लाभ पाउने गरि डायमण्ड बचत खाता खोलेका थिए । उक्त बचत योजना अन्तरगत खाताधारीलाई बिरामी पर्दा अस्पताल भर्ना खर्च दाबी गर्न सकिने सुविधा रहेको थियो । 
    उनी सात महिनाअघि गम्भिर बिरामी परे । उनको विर्तामोडस्थित बिराट हस्पिटल एउड रिसर्च सेन्टरमा आन्द्रा तथा मलद्वारको शल्यक्रिया गरिएको थियो । उनी अहिलेपनि महिनैपिच्छे परिक्षणका लागि त्यहा जाने गरेका छन् । 
    साहले उपचारको क्रममा भएको खर्च ५८ हजार ५ सय ५५ रुँपैयाको बिलसहित आवश्यक सम्पूर्ण कागजात बैंकलाई बुझाएको सात महिना बितिसकेको छ । तर, हालसम्म एक सुको पनि नपाएको उनको गुनसो छ । 
    उनले भने, “सात महिनादेखी उपचार खर्च वापतको भुक्तानीका लागि बैंकमा कुदेको कुँदै छु, तर, प्रबन्धक इश्वर यादवले प्रक्रिया मै छ भन्दै फर्काइदिने गरेका छन् ।” 
    शारिरीक रुपमा असक्त भएकाहरुको अधिकार बारे पैरबी गर्दै आएका जगदीश प्रसाद अर्यालले बैंकको यस्तो व्यवहार उचित नभएको बताउछन् । भ्रामक प्रचार प्रसार वा विज्ञापन गरी अनुचित लाभ लिने प्रयासको समयमै छानबिन हुनु जरुरी छ, उनले भने । 
    पहुँच र भनसुनका आधारमा एकाधले उक्त बचत योजनाको लाभ पाएपनि धेरैजसो बचतकर्ता पटयार लाग्दो पर्खाईमा रहेको बुझिएको छ । 
    यता प्रबन्धक यादवले डायमण्ड बचत योजना अन्तरगत साहले पाउनु पर्ने उपचार खर्चका लागि सम्पूर्ण कागजात बैंकको केन्द्रिय कार्यालयमा पठाइसकिएको र भुक्तानीका लागि आफूले पहल गरिरहेको जनाएका छन् । 
    उनले भने, “यताबाट गर्नुपर्ने सबै काम पुरा गरेर केन्द्रमा पठाइसकेका छौं, बैंकले सम्झौता गरेको विमा कम्पनीका कारण ढिलाई हुन गएको होला जस्तो लागेको छ ।” सो योजना अन्तरगत बैंकले प्रोडेन्सियल इन्स्योरेन्स कम्पनी लि.सँग सम्झौता गरेको बताइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी