जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै

राजविराज राजविराज
|
शनिबार, आषाढ ११, २०७९
|
|
३२ पटक हेरिएको
Shares
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै

सारांश

  •     काँग्रेस, लोसपा, जनमत, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी गठबन्धन प्यानलबाट काँग्रेसका शिवनारायण साह प्रमुख र लोसपाका शम्भु यादव उपप्रमुखका रुपमा चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
  •       यता जसपा–नेकपा एमाले गठबन्धनको प्यानलबाट जसपाका छेदी यादव प्रमुख र एमालेका देवकान्त चौधरी उपप्रमुखको उम्मेदवार छन् ।
  •       जिल्लाको कुल ३६ मतमा काँग्रेसको सर्वाधिक १२ मत छ भने जसपाको ८, लोसपाको ५, एमालेको ४, जनमतको ३ तथा नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रसँग २÷२ मत छ ।

    राजविराज÷जिल्ला समन्वय समिति सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज (आइतबार) मतदान हुँदैछ । 
    चुनावी प्रतिष्पर्धामा सत्ता गठबन्धन भित्रका जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गरेका छन् भने नेपाली काँग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत (समाजवादी) सँग गठबन्धन गरेका छन् । 
    पदको बाँडफाँडमा कुरा नमिल्दा सत्तासिन गठबन्धन दलहरु विपरीत गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।
    काँग्रेस, लोसपा, जनमत, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी गठबन्धन प्यानलबाट काँग्रेसका शिवनारायण साह प्रमुख र लोसपाका शम्भु यादव उपप्रमुखका रुपमा चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । 
    यता जसपा–नेकपा एमाले गठबन्धनको प्यानलबाट जसपाका छेदी यादव प्रमुख र एमालेका देवकान्त चौधरी उपप्रमुखको उम्मेदवार छन् । 
    जिल्लाको कुल ३६ मतमा काँग्रेसको सर्वाधिक १२ मत छ भने जसपाको ८, लोसपाको ५, एमालेको ४, जनमतको ३ तथा नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रसँग २÷२ मत छ । 
    जसपा–एमाले गठबन्धनको मत जोड्दा १२ मत मात्र पुग्छ भने काँग्रेस, लोसपा, जनमत, माओवादी केन्द्र र एकीककृत समाजवादी गठबन्धनको २४ मत पुग्छ । जसकारण काँग्रेसले गरेको गठबन्धन बलियो देखिएको छ । उक्त गठबन्धन भित्रका दलमा कुनै खटपट नभए जिल्ला समन्वय समितिमा सजिलै जित हात पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?