दैनिक समाचारदाता
राजविराज, २१ असार ।
सप्तरीमा आइतबार थप १२ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय १५ पुगेको छ ।
पछिल्लो पटक जिल्लाको डाक्नेश्वरी नगरपालिकामा ८ र विष्णुपुर गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि शनिबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका मध्येबाट एकै दिन १८ जनामा संक्रमणको पुष्टि भएको थियो ।
स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा सर्वाधिक ५४ जनामा कोरोना संक्रमित देखिएको छ । यस्तै बलानबिहुल गाउँपालिकाका ४४, तिलाठी कोइलाडी गाउँपालिकाका ४२, बोदेबरसाईन नगरपालिकाका ३३, छिन्नमस्ता गाउँपालिकाका २७, डाक्नेश्वरी नगरपालिकाका २५, राजगढ गाउँपालिकाका २०, महदेवा गाउँपालिका र राजविराज नगरपालिकाका १५÷१५, सुरुङ्गा नगरपालिकाका १३, खडक नगरपालिकाका ७, विष्णुपुर गाउँपालिकाका ५, तिरहुत गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका ४÷४, शम्भुनाथ, सप्तकोशी र कंचनरुप नगरपालिकाका २÷२ तथा रुपनी गाउँपालिकाका एक गरि कुल ३ सय १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय ३९ रहेको छ । १८ वटा स्थानिय तह रहेको सप्तरीमा सबै स्थानिय तहमा कोरोना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबार साँझसम्मा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको तथा निको हुनेको संख्या ६ हजार ५ सय ४७ जना रहेको जनाएको छ । यस्तै कोरोनाको संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
सप्तरीमा थप १२ जनामा कोरोना संक्रमणसँगै संक्रमितको संख्या ३ सय १५ पुग्यो
सारांश
- पछिल्लो पटक जिल्लाको डाक्नेश्वरी नगरपालिकामा ८ र विष्णुपुर गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- यसअघि शनिबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका मध्येबाट एकै दिन १८ जनामा संक्रमणको पुष्टि भएको थियो ।
- स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा सर्वाधिक ५४ जनामा कोरोना संक्रमित देखिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया