दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
नेकपा एमालको जिल्ला अधिवेशन हुन लाग्दा पार्टी भित्र आन्तिरि विवादको सृजना भएको छ । मनपरी ढंगले विधान विपरित अधिवेशन प्रतिनिधि चयन गरिएको भन्दै एमालै भित्रकै अर्को पक्ष अन्तर संघर्षमा उत्रिएका छन् ।
राजविराजमा उनीहरुले पनि शुक्रबार नै पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल र अध्यक्ष ताराकान्त चौधरी विधान प्रक्रिया मिचेर १० औं अधिवेशनबाट पार्टी नै कब्जा गर्ने रणनीति अनुरुप धाँधली गरि अधिवेशन प्रतिनिधि चयन गरेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै एमालेका केन्द्रिय सदस्य दिवाकर देवकोटाले एक व्यक्तिको अधिनमा पार्टी चलिरहेकोले आफूहरु पार्टीलाई बलियो बनाउन बाध्य भएर अन्तर संघर्षमा उत्रिनु परेको बताए । अहिलेको नेतृत्वकै कारण सप्तरीमा पार्टी कमजोर बन्दै गएको बताउँदै देवकोटाले पार्टी भित्रको बेथिति विसंगती अन्त्यका लागितत्काल अधिवेशन रोकेर आफूहरुले उठाएको माग सम्बोधन गर्न माग गरेका छन् ।
“विधान प्रक्रिया विपरित एक वडाबाट सरुवा गरि अर्को वडाबाट अधिवेशन प्रतिनिधि बनाइएको छ, प्रतिनिधि छनौटमा एकल ढंगले मनपरी गरिएको कारण हामीले त्यसका विरुद्ध पार्टीलाई बलियो बनाउन अन्तर संघर्ष थालेका छौ” देवकोटाले भने ।
केन्द्रिय सदस्य देवकोटाले अधिवेशन प्रतिनिधि चयन गर्दा आफूहरुलाई कुनै जानकारी नदिई एकलौटी गरि जिल्लाका नेतृत्वकर्ताहरुले हैकमवादी चरित्र प्रदर्शन गरेको दोषारोपन गरे । पार्टीका जिम्मेवार पदाधिकारीहरुबाट मनपरी र एकलौटी ढंगले अघि बढ्दा जिल्लामा संगठन दिनानुदिन कमजोर हुँदै गएको भन्दै उनीहरुको कार्यशैली र विधान विपरीत गरिएको प्रतिनिधि छनौट प्रक्रिया सच्याएर मात्र अधिवेशन गर्न माग गरेका छन् ।
यता नेताप्याकुरले पार्टी भित्र कुनै विवाद नरहेको प्रतिक्रिया दिएका छन् भने उनले कुनै साथी असंतुष्ट भए छलफल गरेर अगाडी बढ्न तयार रहेको बताए । “कुनै त्रुटि भएको छ भने त्यसलाई सच्याएर जान सकिन्छ” प्याकुरेलले भने ।
पत्रकार सम्मेलनमा एक प्रेस विज्ञप्ति समेत जारी गर्दै अर्को पक्षले हैकमवादीप्रवृती र अराजक गतिविधि बारे केन्द्रिय नेतृत्वलाई जानकारी गराउने समेत उल्लेख गरेका छन् ।
“जिल्ला अधिवेशनलाई स्थगन गरि पोलिट व्युरो सदस्य सुमनराज प्याकुरेलको चालचलन आरचण शैली अनुसंधान गरी आवश्यक कारवाही लागि जोडदार अपील गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।
यस बारे शुक्रबार नै असन्तुष्ट पक्षले सामूहिक रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डललाई समेत पत्र पठाउँदै उक्त समस्याहरुको समाधान नभएसम्म आफूलाई जिम्मेवारीबाट मुक्त गरिदिन हुन माग गरेका छन् ।
पत्रमा उक्त मागप्रति वेवास्ता गरिए आगामी दिनमा पार्टी जिवनमा सबैभन्दा अप्रिय र कठोर कदम चाल्न बाध्य हुने भनी समेत उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा एमालेका केन्द्रिय सदस्य दिवाकर देवकोटा, केन्द्रिय कमिटि सल्लाहकार सचिवालय सदस्य सत्यनारायण मंडल, पूर्व राष्ट्रियसभा उपाध्यक्ष रामपृत पासवान, पूर्व सांसद जगदीश प्रसाद साह, मधेश प्रदेश कमिटि सदस्य पंचदेव खंग, हिरण्य कुमार गुप्ता, क्षेत्र नं. १ का संयोजक शोभित यादव लगायतले पनि अधिवेशन प्रतिनिधि चयनमा धाँधली भएको बताएका थिए ।
यस बारे शुक्रबार नै असन्तुष्ट पक्षले सामूहिक रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डललाई समेत पत्र पठाउँदै उक्त समस्याहरुको समाधान नभएसम्म आफूलाई जिम्मेवारीबाट मुक्त गरिदिन हुन माग समेत गरेका छन् ।
मागप्रति वेवास्ता गरिए आगामी दिनमा पार्टी जिवनमा सबैभन्दा अप्रिय र कठोर कदम चाल्न बाध्य हुने भनी समेत उल्लेख गरिएको छ ।
“प्याकुरेललाई कारवाहीको माग”
सारांश
- राजविराजमा उनीहरुले पनि शुक्रबार नै पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल र अध्यक्ष ताराकान्त चौधरी विधान प्रक्रिया मिचेर १० औं अधिवेशनबाट पार्टी नै कब्जा गर्ने रणनीति अनुरुप धाँधली गरि अधिवेशन प्रतिनिधि चयन गरेको आरोप लगाएका छन् ।
- पत्रकार सम्मेलनमा बोल्दै एमालेका केन्द्रिय सदस्य दिवाकर देवकोटाले एक व्यक्तिको अधिनमा पार्टी चलिरहेकोले आफूहरु पार्टीलाई बलियो बनाउन बाध्य भएर अन्तर संघर्षमा उत्रिनु परेको बताए ।
- अहिलेको नेतृत्वकै कारण सप्तरीमा पार्टी कमजोर बन्दै गएको बताउँदै देवकोटाले पार्टी भित्रको बेथिति विसंगती अन्त्यका लागितत्काल अधिवेशन रोकेर आफूहरुले उठाएको माग सम्बोधन गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया