राजविराज÷सप्तरीको रुपनी गाउँपालिकाले हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ ।
रुपनीले छिन्नमस्ता गाउँपालिकालाई २७ रनले पराजित गर्दै सो उपाधी जितेको हो ।
शनिबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ्ग गरेको रुपनी गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २ सय ४ रनको योगफल तयार पारेको थियो । जसमा रुपनीका ईमरान शेखले सर्वाधिक ६१ रन बनाएका थिए । यसैगरी विकास दासले ४३, विक्की चौधरीले ३७, अरनिको यादवले २२ तथा राशिद खानले १८ रन बनाएका थिए ।
छिन्नमस्ता गाउँपालिकाका लागि फिरदोस अन्सारी र दिपेश कँडेलले २÷२ विकेट लिए भने उपेन्द्र रायले १ विकेट लिए ।
जितको लागि २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा छिन्नमस्ता गाउँपालिकाले निर्धारित २० ओभरमा १ ुय ७७ रन मात्र बनाउन सफल भयो । छिन्नमस्ताका लागि रेवति रायले अविजित ४८, गुणानन्द रायले २८ रन बनाएका थिए । यसैगरी सिद्धान्त लोहनीले २७, फिरदोश अन्सारले १६ र रवि रायले १३ रनको योगदान दिएका थिए ।
रुपनी गाउँपालिकाका लागि सुनिल धमला र अशोक मेहताले ३÷३ विकेट लिए भने अशोक यादवले २ विकेट लिंदै आफ्नो टिमलाई प्रथम मेयर कपको उपाधी दिलाउन सफल भए ।
विजेता रुपनी गाउँपालिकाले नगद एक लाख रुपैयाँ तथा ट्रफी पुरस्कार पाएका छन् भने उपविजेता छिन्नमस्ता गाउँपालिका टिमले नगद ५० हजार र ट्रफी पुरस्कार पाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका छिन्नमस्ता गाउँपालिकाका फिरदोश अन्सारीलाई म्यान अफ द सिरिज, तिलाठी कोइलाडीका अमित मण्डललाई बेस्ट ब्याट्सम्यान र सोही गाउँपालिकाका दिपेश सरदारलाई बेस्ट बलरको पुरस्कार प्रदान गरियो ।
समापनको अवसरमा प्रदेश सभा सदस्य सकिल अली, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी, प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार, सशस्त्र प्रहरी नायब निरीक्षक दिनेश श्रेष्ठ, वडा अध्यक्षहरु मौली मण्डल र साकिर अली खानसहितकाले पुरस्कार वितरण गरेका थिए ।
रुपनीले प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी जित्यो
सारांश
- छिन्नमस्ता गाउँपालिकाका लागि फिरदोस अन्सारी र दिपेश कँडेलले २÷२ विकेट लिए भने उपेन्द्र रायले १ विकेट लिए ।
- जितको लागि २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा छिन्नमस्ता गाउँपालिकाले निर्धारित २० ओभरमा १ ुय ७७ रन मात्र बनाउन सफल भयो ।
- छिन्नमस्ताका लागि रेवति रायले अविजित ४८, गुणानन्द रायले २८ रन बनाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया