दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
अहिले बजारमा दैनिक उपभोग्य सामाग्रिसहित अतिआवश्यक बस्तुहरुमा अत्याधिक मुल्य बृद्धि भएपछि उपभोक्ताहरु हैरान भएका छन् ।
पछिल्लो समय पेट्रोल, डिजल, मट्तिेल, खाना पकाउने ग्यास, खाद्यान्न, औषधी, लत्ताकपडा र तरकारीको मुल्य निरन्तर बढ्दै गएको छ । तर, बजार अनुगमन समितिले यसको नियन्त्रणका लागि कुनै प्रयास गरिरहेको देखिन्न् ।
दशैंको बेला अनुगमन समितिले अग्रसरता देखाएको थियो । तिहारको नजिकिदै जाँदा पुन: अनुगमन समितिले म्याद गुज्रेका र अखाद्यय बस्तु नियन्त्रणमा लिई नष्ट गर्ने तथा दर्ता नभई संचालनमा रहेका पसल र उद्योगका संचालकलाई जरिवाना गर्ने काम तिब्र बनाए पनि सामाग्रिहरुको मुल्य नियन्त्रणका लागि कुनै ठोस पहल गर्न सकेको छैन् ।
स्थानिय उपभोक्त ताराकान्त साहले इन्धनसहित खाने तेल, खाद्यान्न, लत्ताकपडा र तरकारी लगायतका बस्तुको निरन्तर मुल्य बढ्दै गएको तथा व्यापारीले मनोमानी मुल्य तोक्दा समेत यसलाई नियन्त्रणको पहल कुनै निकायबाट हुन नसकेको आरोप लगाए ।
खाद्यान्न सामाग्रिहरु मध्ये सबै भन्दा बढी हरियो सागसब्जी तथा तरकारीमा मुल्य निकै बढेको छ । अहिले बजारमा प्याज ८०, काउली २ सय, भान्टा १ सय ५०, परवल १ सय, आलु ६० प्रतिकिलो रहेको छ भने खानेतेल ३ सयदेखी ४ सय सम्म प्रति लिटर बिक्रि भइरहेको छ ।
यस्तै अन्य दैनिक उपभोग्य सामाग्रिहरुमा पनि मुल्य निरन्तर बढीरहेको सर्वसाधारणको गुनासो रहेको छ । यसैगरि तिहारलाई अतिआवश्यक चिनि, पिठो, मैदा, काजु, किसमिस, नरियल, छोकरा, ओखर, घर सजाउन प्रयोग गरिने रंगरोहन र बिद्युतिय सामाग्रि समेत बजारमा मुल्य मनपरी कायम गरिएको सर्वसाधारणले गुनासो गरेका छन् ।
यसरी कोरोनाको मारमा रहेका जनता अहिले मुल्य बृद्धिका कारण थप मारमा परेका छन् । निरन्तर भइरहेको मुल्यबृद्धि नियन्त्रणका लागि तीनै तहको सरकार गम्भिर नभएको भन्दै स्थानियले बजार अनुगमन गरि मुल्य नियन्त्रणका लागि अविलम्ब पहल गर्नुपर्ने माग गरेका छन् ।
अत्याधिक मुल्य बढ्दा उपभोक्ता हैरान, अनुगमन निकाय मौन
सारांश
- पछिल्लो समय पेट्रोल, डिजल, मट्तिेल, खाना पकाउने ग्यास, खाद्यान्न, औषधी, लत्ताकपडा र तरकारीको मुल्य निरन्तर बढ्दै गएको छ ।
- तर, बजार अनुगमन समितिले यसको नियन्त्रणका लागि कुनै प्रयास गरिरहेको देखिन्न् ।
- दशैंको बेला अनुगमन समितिले अग्रसरता देखाएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया