दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
सप्तरी प्रहरीले प्रतिबन्धित खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सिपौल जिल्ला भीमनगर ग्राम पंचायत वडा ४ वस्ने ३१ वषर््िाय गोलु भन्ने रतन शर्मा र ३५ वर्षिय जय प्रकाश पासवान छन ।
प्रहरीले उनीहरुको साथबाट २२ ग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बि.आर ५० आर २४९६ नम्बरको भारतीय मोटरसाइकललाई कंचनरुप नगरपालिका २ स्थित पुर्व पश्चिम लोकमार्गमा चेक गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला परेको डिएसपी काफ्लेले बताए ।
कालो प्लास्टीकमा बेरेर राखिएको ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखी लागु औषध नियन्त्रण एन अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोमवार पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्द्यान पश्चात बुधवार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।
ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
सारांश
- पक्राउ पर्नेमा भारतको सिपौल जिल्ला भीमनगर ग्राम पंचायत वडा ४ वस्ने ३१ वषर््िाय गोलु भन्ने रतन शर्मा र ३५ वर्षिय जय प्रकाश पासवान छन ।
- प्रहरीले उनीहरुको साथबाट २२ ग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
- पूर्वबाट पश्चिमतर्फ आउदै गरेको बि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया