रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो

राजविराज राजविराज
|
बुधबार, पौष २१, २०७८
|
|
६८ पटक हेरिएको
Shares
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो

सारांश

  •     ४६ वर्षिय चौधरी बैदेशिक रोजगारीका क्रममा ९ वर्ष अघि दुबई पुगेका थिए ।
  • एक महिना अघि दुबईमै रहँदा पारालाइसिस भई अस्पताल भर्ना भएका थिए ।
  • उनको उपचारकै क्रममा मृत्यु भएको परिवारजनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २१ पुस । 
    नौं वर्षअघि रोजगारीका लागि दुबई गएका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ६ का सुकदेव चौधरीको बुधबार साँझ बाकसमा शव आएको छ । 
    ४६ वर्षिय चौधरी बैदेशिक रोजगारीका क्रममा ९ वर्ष अघि दुबई पुगेका थिए । एक महिना अघि दुबईमै रहँदा पारालाइसिस भई अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको परिवारजनको भनाई छ । 
    उनी कार्यगत कम्पनीले आवश्यक प्रक्रिया पुरा गर्दा गर्दै एक महिना समय लागेको पत्नी ललिताले बताइन् । बुधबार बासकसमा उनको शव आएपछि पत्नी ललिता बेहोस भइन् । 
    बीच बीचमा घर समेत आउने गरेका चौधरीको दुई छोरा रहेको छ । उनले जेठो छोराको आउँदो फागुनमा विवाह समेत तय गरिसकेका थिए । विवाहका पैसाको जोहो गरेर छिटै घर फर्किने फोनमा पति चौधरीले आफूलाई सुनाउने गरेको ललिताले रुदै सुनाइन् । 
    बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउने प्रयास गरिरहँदा थुप्रै नेपालीको यसरी नै बिदेशी भूमीमा ज्यान गुमाई बाकसमा समेटिएर आउने गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
प्रधानमन्त्रीलाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार उपहार
प्रधानमन्त्रीलाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार उपहार
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै
जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
लोकतान्त्रिक प्रक्रियाबाट आएको सरकार  अलोकतान्त्रिक गतिविधिमा ः जोशी
सहिदको सम्झानामा दिप प्रज्वलन
सहिदको सम्झानामा दिप प्रज्वलन
सात किलो चाँदीका  गरगहनासहित एक पक्राउ
सात किलो चाँदीका  गरगहनासहित एक पक्राउ
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
वडा अध्यक्षले मनपरी ढंगले काम गरे : वडा सदस्यहरु
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ः मेयर प्रत्यासी अन्सारी
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ः मेयर प्रत्यासी अन्सारी