दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
नेपाली काँग्रेस सप्तरीले अगामी निर्वाचनका लागी सर्वसम्मत नेतृत्वका लागि पहल जारी राखेको छ ।
पार्टीको संस्थापन तथा इतर पक्षबाट सभापती पदको उम्मेदवारी घोषणा भईसकेको अवस्थामा पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला सभापती दिनेश कुमार यादवको संयोजकत्वमा गठित कार्यदलले सर्वसम्मतीको प्रयास जारी राखेको हो ।
जिल्ला अधिवेशनका लागी नेतृत्व चयनमा सर्वसम्मतीको प्रयास जारी राख्न यादवको संयोजकत्वमा गठित कार्यदलमा डा. सुवोध कुमार पोखरेल र भागवत यादवलाई सदस्यमा राखिएको छ ।
पार्टी मजबुत बनाउन आसन्न आन्तरिक निर्वाचन तथा अगामी स्थानीय निर्वाचनमा समेत एकताबद्ध भई अघि बढ्न सर्वसम्मती नै उत्तम विकल्प रहेको भन्दै अध्यक्ष यादवले दुबै पक्षसित घनीभुत भेटघाट, वार्ता र सम्बाद जारी राखेको बताए ।
यसै क्रममा आईतवार पनि दुबै पक्षका अगुवा नेता कार्यकर्तासंग छलफल गरेको उनले बताए । पार्टीको फागुन २० गते हुने जिल्ला अधिवेशनका लागि सभापति पदमा संस्थापक पक्षबाट शत्रुधन यादव र इतर पक्षबाट रामदेव साहले उम्मेदवारीको घोषणा गरेका छन् ।
काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी
सारांश
- पार्टीको संस्थापन तथा इतर पक्षबाट सभापती पदको उम्मेदवारी घोषणा भईसकेको अवस्थामा पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला सभापती दिनेश कुमार यादवको संयोजकत्वमा गठित कार्यदलले सर्वसम्मतीको प्रयास जारी राखेको हो ।
- जिल्ला अधिवेशनका लागी नेतृत्व चयनमा सर्वसम्मतीको प्रयास जारी राख्न यादवको संयोजकत्वमा गठित कार्यदलमा डा.
- सुवोध कुमार पोखरेल र भागवत यादवलाई सदस्यमा राखिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया