नेपाली सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण 

राजविराज राजविराज
|
आइतबार, बैशाख २९, २०७६
|
|
२० पटक हेरिएको
Shares
नेपाली सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण 

सारांश

  •     नेपाली सेनाको बिनियोजित बजेट तथा भिमदल गणका सकल दर्जाहरूको सहयोगमा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
  •     डाकनेश्वरी नगरपालिका ३ तरहीस्थित जनता माबिको हाताभित्र निर्मित पक्की मञ्च भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवँरले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई हस्तान्तरण गरे ।
  •       सो अवसरमा उनले विकट क्षेत्रका बालबालिकाहरु शिक्षामा पछाडि परेकोले जनता माविलाई पक्की मञ्च निर्माण गरि हस्तान्तरण गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ बैशाख । 
    सप्तरीको तरहीमा नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च आइतबार एक कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
    नेपाली सेनाको बिनियोजित बजेट तथा भिमदल गणका सकल दर्जाहरूको सहयोगमा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
    डाकनेश्वरी नगरपालिका ३ तरहीस्थित जनता माबिको हाताभित्र निर्मित पक्की मञ्च भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवँरले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई हस्तान्तरण गरे । 
    सो अवसरमा उनले विकट क्षेत्रका बालबालिकाहरु शिक्षामा पछाडि परेकोले जनता माविलाई पक्की मञ्च निर्माण गरि हस्तान्तरण गरेको बताए । उनले सानो प्रयासमा शिक्षामा सहयोग पुग्ने उद्देश्यले बार्षिक रूपमा समाजिक सचेतना तथा सानो शिक्षा, र स्वास्थ क्षेत्रवाट पछाडी परेका बस्तीमा सहयोग गरेको बताए ।
    नेपाली सेनाको बार्षिक कार्यक्रम अन्तर्गत भिम दल गणले सप्तरीको छिन्नमस्ता गाँउपालिकाको ५० मुसहर बस्तीका लागि सामुदायिक भवन निर्माण, महदेवामा ४ सय ५० जनालाई खानेपानीको लागि डिप बोरिंग जडान तथा तिलाठी कोईलाडीमा स्वास्थ, बिपद सम्बन्धी जनचेतना तथा संस्कृतिक जस्ता चेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी दिए ।
    सेनानी अमर बहादुर थापाको नेतृत्वको टोलीले पक्की मञ्च निर्माण कार्य १० दिनमा सम्पन्न गरेको उनले बताए । विद्यालय स्थापना भएको अवसरमा जेठ महिनामा आयोजना गर्न लागिएको हरित जयन्तीको अवसरमा सो मञ्च निर्माणका लागि नेपाली सेनासँग आग्रह गरिएको बिद्यालयका प्रअ राजकुमार झाले जानकारी दिए । वि.स. २०११ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ६ सय ५० छात्रछात्रा अध्ययनरत छन् ।
    बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शोभानन्द रायको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेबी तथा नेकाँ महासमिति सदस्य नारायण यादब, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, बिद्यालय प्रअ राजकुमार झा, बिनोद बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९२ सुकुम्बासीलाई निस्सा प्रदान
९२ सुकुम्बासीलाई निस्सा प्रदान
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
डाक्नेश्वरीको दुई वडा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी दर्ता
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
बालिका बलात्कार गर्नेलाई ८ वर्ष  कैद र एक लाख क्षतिपूर्तीको फैसला
बालिका बलात्कार गर्नेलाई ८ वर्ष  कैद र एक लाख क्षतिपूर्तीको फैसला
बिटोरी जग्गाधनी आन्दोलन गर्ने तयारीमा
बिटोरी जग्गाधनी आन्दोलन गर्ने तयारीमा
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
कोरोना पोजेटिभ पाइएका व्यक्तिको घर रहेको सप्तरीको दुई स्थानीय तहको दुई वडा शिल
कोरोना पोजेटिभ पाइएका व्यक्तिको घर रहेको सप्तरीको दुई स्थानीय तहको दुई वडा शिल
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
वन अतिक्रमित क्षेत्र खाली गराउन र डढेलो नियन्त्रणका लागि चार बुँदे निर्णय
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी