नेपाली सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण 

राजविराज राजविराज
|
आइतबार, बैशाख २९, २०७६
|
|
७० पटक हेरिएको
Shares
नेपाली सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण 

सारांश

  •     नेपाली सेनाको बिनियोजित बजेट तथा भिमदल गणका सकल दर्जाहरूको सहयोगमा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
  •     डाकनेश्वरी नगरपालिका ३ तरहीस्थित जनता माबिको हाताभित्र निर्मित पक्की मञ्च भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवँरले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई हस्तान्तरण गरे ।
  •       सो अवसरमा उनले विकट क्षेत्रका बालबालिकाहरु शिक्षामा पछाडि परेकोले जनता माविलाई पक्की मञ्च निर्माण गरि हस्तान्तरण गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ बैशाख । 
    सप्तरीको तरहीमा नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च आइतबार एक कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
    नेपाली सेनाको बिनियोजित बजेट तथा भिमदल गणका सकल दर्जाहरूको सहयोगमा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
    डाकनेश्वरी नगरपालिका ३ तरहीस्थित जनता माबिको हाताभित्र निर्मित पक्की मञ्च भिम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवँरले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई हस्तान्तरण गरे । 
    सो अवसरमा उनले विकट क्षेत्रका बालबालिकाहरु शिक्षामा पछाडि परेकोले जनता माविलाई पक्की मञ्च निर्माण गरि हस्तान्तरण गरेको बताए । उनले सानो प्रयासमा शिक्षामा सहयोग पुग्ने उद्देश्यले बार्षिक रूपमा समाजिक सचेतना तथा सानो शिक्षा, र स्वास्थ क्षेत्रवाट पछाडी परेका बस्तीमा सहयोग गरेको बताए ।
    नेपाली सेनाको बार्षिक कार्यक्रम अन्तर्गत भिम दल गणले सप्तरीको छिन्नमस्ता गाँउपालिकाको ५० मुसहर बस्तीका लागि सामुदायिक भवन निर्माण, महदेवामा ४ सय ५० जनालाई खानेपानीको लागि डिप बोरिंग जडान तथा तिलाठी कोईलाडीमा स्वास्थ, बिपद सम्बन्धी जनचेतना तथा संस्कृतिक जस्ता चेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी दिए ।
    सेनानी अमर बहादुर थापाको नेतृत्वको टोलीले पक्की मञ्च निर्माण कार्य १० दिनमा सम्पन्न गरेको उनले बताए । विद्यालय स्थापना भएको अवसरमा जेठ महिनामा आयोजना गर्न लागिएको हरित जयन्तीको अवसरमा सो मञ्च निर्माणका लागि नेपाली सेनासँग आग्रह गरिएको बिद्यालयका प्रअ राजकुमार झाले जानकारी दिए । वि.स. २०११ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ६ सय ५० छात्रछात्रा अध्ययनरत छन् ।
    बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शोभानन्द रायको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेबी तथा नेकाँ महासमिति सदस्य नारायण यादब, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, बिद्यालय प्रअ राजकुमार झा, बिनोद बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी