दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु

राजविराज राजविराज
|
शनिबार, बैशाख १०, २०७९
|
|
४९ पटक हेरिएको
Shares
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु

सारांश

  •     मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • ३ निवासी ३० वर्षिय पप्पु यादव, २६ वर्षिय सन्दिप यादव र २८ वर्षिय रन्जित यादव छन् ।
  • दुर्घटनामा मृत्यु हुने तीनै जना एउटै वडाका हुन् भने सन्दिप र रन्जित दाजुभाई हुन् ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 
    सप्तरीको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित हुलाकी राजमार्गमा शुक्रबार राती दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ निवासी ३० वर्षिय पप्पु यादव, २६ वर्षिय सन्दिप यादव र २८ वर्षिय रन्जित यादव छन् । दुर्घटनामा मृत्यु हुने तीनै जना एउटै वडाका हुन् भने सन्दिप र रन्जित दाजुभाई हुन् । 
    पुर्वबाट पश्चिमतर्फ जादै गरेको प्र.१–०२४१ प.२२९६ नं.को मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प.९५२४ नं. को मोटरसाइकल एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    आफन्तको विहेमा जन्ति गई फर्किदै गर्दा बिहान ३ बजेतिर बीच बाटोमा ती दुबै मोटरसाइकल एकआपसामा ठोकिएर दुर्घटनामा परेको थियो ।
    दुर्घटनामा गम्भिर घाइते भएका तीनै जनालाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याए पनि चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । 
    मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखी दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुखुरा फर्ममा आगलागीहुँदा एक हजार दुई सय कुखुरा मरे 
कुखुरा फर्ममा आगलागीहुँदा एक हजार दुई सय कुखुरा मरे 
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा  विद्यालय र पालिकामा तालाबन्दी
प्रअको सरुवा गरेको बिरोधमा विद्यार्थीहरुद्वारा  विद्यालय र पालिकामा तालाबन्दी
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा
अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको  ट्याक्टरको ठक्करबाट मृत्यु 
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया
राजविराजमै जटिल प्रकृतिका  चार विरामीको सफल शल्यक्रिया