लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद

राजविराज राजविराज
|
बिहिबार, आषाढ १९, २०८२
|
|
६४ पटक हेरिएको
Shares
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद

सारांश

  •     जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ५ कुशहा चौकस्थितमा प्रहरी गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी अटोमा ल्याउँदै गरेको ५ लाख १७ हजार ९ मुल्य बराबरको कपडा बरामद गरेको हो ।
  •       प्रहरीका अनुसार मधेस प्रदेश ०१–००१ह.
  • १४१९ नम्बरको अटोमा लोड गरी सुतीको साडी, लेडिक कुर्ता सुरुवाल लगायतका सामानहरु ल्याउँदै गर्दा प्रहरीहरुलाई देख्ने बित्तिकै मानिसहरु फरार भएको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १९ असार ।    

    सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलेर भारतबाट ल्याउँदै गरेको लाखौं मुल्य बराबरको कपडा तथा अन्य सामाग्रिहरु बरामद गरेको छ ।  
    जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ५ कुशहा चौकस्थितमा प्रहरी गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी अटोमा ल्याउँदै गरेको ५ लाख १७ हजार ९ मुल्य बराबरको कपडा बरामद गरेको हो । 
    प्रहरीका अनुसार मधेस प्रदेश ०१–००१ह.१४१९ नम्बरको अटोमा लोड गरी सुतीको साडी, लेडिक कुर्ता सुरुवाल लगायतका सामानहरु ल्याउँदै गर्दा प्रहरीहरुलाई देख्ने बित्तिकै मानिसहरु फरार भएको जनाएको छ । 
    यस्तै प्रहरीले जिल्लाकै बोदेबर्साईन नगरपालिका १० खडकपुर नजिकै हनुमान मन्दिरस्थित भारतबाट अवैध रुपमा भन्सार छलि भारतीय नम्बरको मोटरसाइकलमा बोराहरु लोड गरी ल्याउदै गरेको दुध र तेल प्रहरीले नियन्त्रणमा लिएको छ । 
    जिल्ला प्रहरी कार्यालय राजबिराज सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्नै बित्तिकै मोटरसाइकलसहित करिब ४८ हजार मुल्य बराबरको सामान छोडी मानिसहरु फरार भएका थिए । 
    यसैगरि जिल्लाको विष्णुपर गाउँपालिका ५ विष्णुपुर चौकस्थित खटेको गस्ती प्रहरी टोलीले विभिन्न कपडाहरु बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छलि तथा चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीहरुलाई देख्ने बित्तिकै बोराहरु सोही स्थानमा छाडी मानिस फरार भएको जनाइएको छ । बरामद गरिएका सामानहरु ४५ हजार ७ सय मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ । 
    तीनै स्थानबाट बरामद गरिएका सामान तथा मोटरसाइकल र टेम्पु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले पु¥याएको क्षतिको यकिन गरि राहतको व्यवस्था मिलाउन राज्यमन्त्री कर्णको माग 
बाढीले पु¥याएको क्षतिको यकिन गरि राहतको व्यवस्था मिलाउन राज्यमन्त्री कर्णको माग 
बाल अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न
बाल अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न
पत्रकार राई र यादव सम्मानित
पत्रकार राई र यादव सम्मानित
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह
बैदेशिक रोजगारीलाई रोक्न सहकारीले रोजगारीको अवसर सृजना गर्नुपर्छ ः प्रदेश २ कृषि मन्त्री साह
सबै विकासीय कार्यको हिसाब पारदर्शी छ ः अध्यक्ष गोइत
सबै विकासीय कार्यको हिसाब पारदर्शी छ ः अध्यक्ष गोइत
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज बन्द
बिटौरी र ब्लक जग्गाको लालपूर्जासहित विभिन्न सात बुंदे माग राख्दै राजविराज बन्द
स्वास्थ, शिक्षा तथा कृषीमा मुहार फेरिदै
स्वास्थ, शिक्षा तथा कृषीमा मुहार फेरिदै
अग्निपीडित परिवारलाई ई. यादवको राहत
अग्निपीडित परिवारलाई ई. यादवको राहत