दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
सप्तरीको छिन्नमस्ताका अग्निपीडित परिवारलाई बिहीबार सामाजिक सेवामा समर्पित समाजसेवी इन्जिनियर सुर्य नारायण यादवले राहत बितरण गरेका छन् ।
धर्मी हल्फा महिला विकास क्लव लालापट्टीका अध्यक्ष समेत रहेका इन्जिनियर यादवले छिन्नमस्ता गाउपालिका ३ सखडाका अग्निपिडित परिवारलाई राहत वितरण गरेका हुन् ।
अग्निपीडितहरु गंगाराम साह हलुवाई, कंचन देवी (राम कुमार साह) र बिन्दु कुमार साहका परिवारलाई त्रिपाल, लुगाफाटा, भाडाकुडा, म्याट्रेस, बाल्टिन, मग लगायतका सामाग्रीहरू वितरण गरेको उनले जानकारी दिए ।
उक्त राहत वितरणमा इलाका प्रहरी कार्यालय सखडाको प्रहरी वरिष्ठ हवलदार राजरिष प्रसाद यादव, प्रहरी हवलदार सुरेश मेहता, छिन्नमस्ता गाउपालिका ३ का वडा सदस्य मोहम्मद बिन मियाँ, पशु स्वास्थ्य शाखा प्रमुख चन्द्र नारायण पण्डित लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।
मंगलवार साँझ भएको आगलागीमा ९ वटा घर जलेर नष्ट हुँदा १६ लाख मुल्य बराबरको क्षति भएको छ ।
अग्निपीडित परिवारलाई ई. यादवको राहत
सारांश
- धर्मी हल्फा महिला विकास क्लव लालापट्टीका अध्यक्ष समेत रहेका इन्जिनियर यादवले छिन्नमस्ता गाउपालिका ३ सखडाका अग्निपिडित परिवारलाई राहत वितरण गरेका हुन् ।
- अग्निपीडितहरु गंगाराम साह हलुवाई, कंचन देवी (राम कुमार साह) र बिन्दु कुमार साहका परिवारलाई त्रिपाल, लुगाफाटा, भाडाकुडा, म्याट्रेस, बाल्टिन, मग लगायतका सामाग्रीहरू वितरण गरेको उनले जानकारी दिए ।
- उक्त राहत वितरणमा इलाका प्रहरी कार्यालय सखडाको प्रहरी वरिष्ठ हवलदार राजरिष प्रसाद यादव, प्रहरी हवलदार सुरेश मेहता, छिन्नमस्ता गाउपालिका ३ का वडा सदस्य मोहम्मद बिन मियाँ, पशु स्वास्थ्य शाखा प्रमुख चन्द्र नारायण पण्डित लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया