दैनिक समाचारदाता
राजविराज, ६ माघ ।
सप्तरीकी एक दृष्टिविहिन महिला विचल्लीमा परेकी छिन् । सप्तरीको बोदेवर्साइन नगरपालिका ४ सिल्हट टोलकी ५२ वर्षिया भोल्वी देवी रामको दुई छोरा मध्ये जेठो छोरा पनि दृष्टिविहिन र पतिको मृत्युपछि दुबै छोराको लालनपालनको जिम्मापनि उनकै काँधमा आएपछि बिचल्लीमा परेकी हुन् ।
अहिले उनलाई गुजारा चलाउन झनै समस्या थपिएर विच्चली भएको छ । जन्मदै आँखाको ज्योती गुमाएकी भोल्वी देवीको पहिलो सन्तान दिनेश पनि जन्मदै आँखाको ज्योती गुमाएको उनले बताइन् ।
दिनेशको उमेर अहिले १२ वर्ष पुगेको छ । उनको दोश्रो सन्तान १० वर्षिय दिपक भने दृष्टिविहिन छैनन् । दिपकको दैनिकि भने दाजु र आमाकै रेखदेखमा वित्ने गरेको छ ।
जन्मीएदेखि दृष्टिविहिन रहेकी भोल्वी देवीको १६ वर्षको उमेरमा गाउँकै उखम मोचीसँग विवाह भएको थियो । विहे भएको ६ वर्ष नबित्दै उखम गम्भीर प्रकृतिको रोग लागी ओछयान समाए ।
ऐलानी जग्गामा एउटा झुप्रोमा बस्दै आएकी भोल्वीले विरामी परेका पतिको रकम अभावका कारण समयमै उपचार गराउन नसक्दा ६ बर्ष अघि पतिको मृत्यु भएको दुखेसो सनाइन् ।
उनले अत्याधिक जाडोका बावजुत न्यानो लुगाको अभावमा कष्टकर जिवन बिताएको बताउँदै सम्पतिको नाउँमा एक इन्च पनि आप्mनो नाममा जग्गा नरहेको बताइन् ।
उनले भनिन्, “आफु पनि दृष्टिविहिन, जेठो छोरा पनि दृष्टिविहिन, अर्को छोरा हाम्रै रेखदेखमा बस्नु परेको छ, कहाँ जानु ? कसलाई के भनु ? कसले हाम्रो पिडा बुझि देलान ?” यता आमा छोरा अहिल गाउँमै भिक्षा मागेर गुजारा गरिरहेको स्थानियले बताएका छन् ।
दृष्टिविहिन भोल्वी विचल्लीमा
सारांश
- अहिले उनलाई गुजारा चलाउन झनै समस्या थपिएर विच्चली भएको छ ।
- जन्मदै आँखाको ज्योती गुमाएकी भोल्वी देवीको पहिलो सन्तान दिनेश पनि जन्मदै आँखाको ज्योती गुमाएको उनले बताइन् ।
- दिनेशको उमेर अहिले १२ वर्ष पुगेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया