राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग

राजविराज राजविराज
|
शनिबार, कार्तिक १०, २०८१
|
|
७७ पटक हेरिएको
Shares
राहत वितरणका क्रममा भएको धाँधली र गरिएको हातपात बारे  स्थानीयद्वारा छानबिनको माग

सारांश

  •     शनिवार घटनास्थलमै पीडितपक्षले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माँग गरेका हुन् ।
  •     ठुलो संख्यामा भेला भएका स्थानीयले अघिल्लो दिन बिहीवार वडा नं.
  • ४ कार्यालयद्वारा विपद् प्रभावित महिला तथा किशोरीहरुका लागि आयोजित किड्स वितरण कार्यक्रममा वडाअध्यक्ष मुनिलाल मुखियाले सोही वडा निवासी डोमी सुतिहारलाई हातपात गरेको गुनासो गर्दै उनीमाथी कारबाहीको माग गरेका छन् ।

दैनिक समाचारदाता
राजबिराज, १० कात्तिक ।  

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडीमा राहत वितरण प्रक्रियामा भएको धाँधली र सोही क्रममा वडाअध्यक्षबाट एक लाभग्राही माथी भएको हातपात बारे स्थानीयले छानबिन गरी दोषी माथी कारबाहीको माग गरेका छन् ।
    शनिवार घटनास्थलमै पीडितपक्षले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माँग गरेका हुन् ।
    ठुलो संख्यामा भेला भएका स्थानीयले अघिल्लो दिन बिहीवार वडा नं. ४ कार्यालयद्वारा विपद् प्रभावित महिला तथा किशोरीहरुका लागि आयोजित किड्स वितरण कार्यक्रममा वडाअध्यक्ष मुनिलाल मुखियाले सोही वडा निवासी डोमी सुतिहारलाई हातपात गरेको गुनासो गर्दै उनीमाथी कारबाहीको माग गरेका छन् ।
    उनीहरुले किड्स वितरणमा मात्र नभई बाढी प्रभावित परिवारका लागि नगद् १५ हजार रुपैयाँ राहत वितरण कार्यमा समेत धाँधली भएको भन्दै सोको छानबिन हुनु पर्ने माँग गरेका छन् ।
    पत्रकार सम्मेलनमा स्थानीयबासी डोमी सुतिहारले बाढी प्रभावित परिवारका लागि वडा कार्यालयले चलाएको विकड्स वितरण कार्य मनपरी ढंगले भइृ रहेको देखे पछि विरोध गर्दा एक्कासी वडा अध्यक्ष मुखियाले आफुमाथी मुक्का बर्साउन थालेको गुनासो पोखे । 
    स्थानीय समाजसेवी सुरजित सिंह गुड्डु्ले १५ हजार नगद र किड्स वितरण दुवै राहत कार्यमा वडाअध्यक्षले आफ्नो आसे पासे, कार्यकर्ता र आफन्तलाई प्राथमिक्तामा राखेको बताए । उनले पाउनु पर्ने वास्तविक पीडितलाई छुट्याएर मनपरी ढंगले गरिएको राहत वितरण प्रक्रियाको उच्चस्तरीय छानबिन हुनुपर्ने माँग गरेका छन् ।
    स्थानीयबासी प्रमोद शर्माले वडामा बाडिएको राहत वास्तविक भन्दा गैर बाढी पीडितले बढी पाएको भन्दै सोको छानबिन हुनु पर्ने माग गरे । उनले छुटेका वास्तविक घर परिवारको पहिचान गरी पुनः राहत वितरण प्रक्रिया शुरु गर्नु पर्ने बताए । उनले वास्तविक प्रभावितले राहत पाउनु पर्ने माँग गर्दा स्थानीय डोमी सुतिहारलाई कुटपिट गर्ने वडाअध्यक्षलाई कारबाही हुनु पर्ने माँग समेत गरे । 
    गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले कुटपिट तथा राहत वितरण विवादको विषयवारे जानकारी प्राप्त भएको तथा समस्या समाधानका लागि आफुले पहल थालिसकेको जनाएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
दुई देशको नागरिकता लिएको प्रकरणमा, उपप्रमुख मिरा यादवलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 
घरधनीद्वारा एनएमबी लघुवित्तलाई घरभाडा छुट 
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न 
जनता मावि बेल्ही चपेनाको व्यवस्थापन समिति निर्वाचन सम्पन्न