दैनिक समाचारदाता
राजविराज, १५ वैशाख ।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा एकै दिन नगर प्रमुखदेखी अधिकृत सम्मका कर्मचारी अनुपस्थित देखिएका छन् ।
बिहीबार पत्रकारहरुको एक टोली सो नगरपालिका पुग्दा नगर प्रमुख आतेशकुमार सिंह, उपप्रमुख रेणुकुमारी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखा अधिकृतसहित अन्य अधिकृत तहका कर्मचारीहरु कार्यालयमा कतै देखिएन् ।
कार्यालयको सोधपुछ शाखामा संचारकर्मीहरुले सोधपुछ गर्दा एक जना पनि अधिकृत स्तरको कर्मचारी उपस्थित नरहेको तथा कुनै जानकारी लिन अन्य कर्मचारीसँग सोधपुछ गर्दा कसैले पनि उचित जवाफ दिन सकेनन् ।
यसरी स्थानिय तहलाई सिंहदरबारको संज्ञा दिदा पनि दरबार नै कर्मचारी बिहीन हुँदा सेवाग्राही सास्ती भोग्न बाध्य भएका छन् ।
यस्तै कार्यालय भवनको माथिल्लो तल्लामा जाँदा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कोठा खुल्लै रहे पनि ती मध्ये कसैको पनि उपस्थिति देखिएन् । ती सबै कोठाहरुलाई फर्निचर तथा अन्य सजवाट सामाग्रिले रंगिचंगि बनाइए पनि सेवा भने फितलो भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
सोही तल्लाको खाली स्थानमा आधा दर्जन सोफासेट जथाभावी ढंगले बाहिरै राखिएको देखिएको थियो । भवनमा कोठा पर्याप्त हुँदा हुँदै पनि लाखौं रुँपैया लगानी गरेर खरीद गरिएको सोफाहरु लथालिंङ अवस्थामा राखिएको थियो ।
कार्यालयको सबै कोठा फर्निचरले भरिभराउ रहदा आवश्यक भन्दा बढी फर्निचर खरीद गरेर रकमको दुरुपयोग गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
बोदेबरसाइन नगरपालिकामा समयमा भेटिदैनन् कर्मचारी, सेवाग्राही सास्तीमा, आवश्यक भन्दा बढी खरीद गरिएको फर्निचर वेवारिसे अवस्था
सारांश
- बिहीबार पत्रकारहरुको एक टोली सो नगरपालिका पुग्दा नगर प्रमुख आतेशकुमार सिंह, उपप्रमुख रेणुकुमारी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखा अधिकृतसहित अन्य अधिकृत तहका कर्मचारीहरु कार्यालयमा कतै देखिएन् ।
- कार्यालयको सोधपुछ शाखामा संचारकर्मीहरुले सोधपुछ गर्दा एक जना पनि अधिकृत स्तरको कर्मचारी उपस्थित नरहेको तथा कुनै जानकारी लिन अन्य कर्मचारीसँग सोधपुछ गर्दा कसैले पनि उचित जवाफ दिन सकेनन् ।
- यसरी स्थानिय तहलाई सिंहदरबारको संज्ञा दिदा पनि दरबार नै कर्मचारी बिहीन हुँदा सेवाग्राही सास्ती भोग्न बाध्य भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया