एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह

राजविराज राजविराज
|
शनिबार, माघ ५, २०८१
|
|
२० पटक हेरिएको
Shares
एकै दिन तीन शैक्षिक संरचनाको शिलान्यास,  शिक्षा बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह

सारांश

  •     सोही क्रममा मन्त्री साहले शिक्षाको स्तर उकास्न र कक्षा कोठाको अभावमा बालबालिकाले समस्या भोग्नु नपरोस भन्ने उद्देश्यका साथ आफ्नो पहलमा पाँच वटा विद्यालयमा कक्षा कोठा बिस्तारका लागि एक÷एक करोड गरि पाँच करोड रुँपैया बजेट ब्यवस्थापन गर्न सफल भएको जानकारी दिए ।
  •       सोही दिन अत्याधिक चिसोका कारण समस्यामा परेका हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरका चिसो पीडित विपन्न समुदायलाई मन्त्री साहले ५ सय थान कम्बल बितरण समेत गरे ।
  •       सो क्रममा जनतालाई मालिक र देउताको संख्या दिएका उनले आफू जनताको सेवा कै लागि राजनीतिमा आएको स्पष्ट पारे ।

    राजविराज÷महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहले शिक्षा बिना मुलुकको विकास सम्भव नरेहको बताएका छन् । 
    सप्तरीको हनुमाननगर कंकालिनी र कंचनरुप नगरपालिकामा शनिबार तीन वटा विद्यालयको थप कक्षा कोठा भवनको शिलान्यास गर्दै मन्त्री साहले पछाडी पारिएका वर्गलाई शिक्षाको मुलधारमा नल्याएसम्म मुलुकको विकास सम्भव नहुने बताएका हुन् । 
    कंचनरुप नगरपालिकास्थित सर्वोदय उच्च माध्यमिक र आधारभुत विद्यालय तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित माध्यमिक विद्यालय मधवापुरमा विद्यालयको थप कक्षा कोठाका लागि उनले भवन शिलान्यास गरे ।
    सोही क्रममा मन्त्री साहले शिक्षाको स्तर उकास्न र कक्षा कोठाको अभावमा बालबालिकाले समस्या भोग्नु नपरोस भन्ने उद्देश्यका साथ आफ्नो पहलमा पाँच वटा विद्यालयमा कक्षा कोठा बिस्तारका लागि एक÷एक करोड गरि पाँच करोड रुँपैया बजेट ब्यवस्थापन गर्न सफल भएको जानकारी दिए । 
    सोही दिन अत्याधिक चिसोका कारण समस्यामा परेका हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरका चिसो पीडित विपन्न समुदायलाई मन्त्री साहले ५ सय थान कम्बल बितरण समेत गरे । 
    सो क्रममा जनतालाई मालिक र देउताको संख्या दिएका उनले आफू जनताको सेवा कै लागि राजनीतिमा आएको स्पष्ट पारे । उनले क्षमताले भ्याएसम्म समस्यामा परेका जनताका लागि निस्वार्थ भावले बाचुनजेल सेवा प्रदान गरिरहने तत्परता समेत व्यक्त गरेका छन् । 
    शिलान्यास तथा कम्बल बितरण कार्यक्रममा पूर्वसांसद नागेन्द्र झा, हनुमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साह, प्रधानाध्यापक प्रमोद कुमार यादव, राजेश्वर प्रसाद साह, वडाअध्यक्ष गुलटेन चौधरी, मेहदी हसन, दामोदर खडगा, महिला नेतृ सरितादेवी यादव, अनुराधा साह, जसपा नेता भोला पासवान, चित्ररन्जन यादव लगायतको समेत उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?