शिक्षण सिकाई प्रक्रियालाई उकास्नु पर्नेमा जोड

राजविराज राजविराज
|
बिहिबार, मंसिर २७, २०७५
|
|
४२ पटक हेरिएको
Shares
शिक्षण सिकाई प्रक्रियालाई उकास्नु पर्नेमा जोड

सारांश

  •     सो क्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले बिद्यालयमा भौतिक पुर्वाधारको काम पूरा भएकोले अब बिद्यालयमा गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए ।
  • उनले गुणस्तरीय शिक्षासँगै बिद्यालयमा तहगत शिक्षण सिकाई प्रक्रियालाई उकास्नु पर्नेमा जोड समेत दिए ।
  •     सबल नेपालद्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गतको सहयोगमा खडग नगरपालिकाको वडा नम्वर ३ पंसेरास्थित लक्ष्मी कृषक समुहले गरेको सामुहिक खेती, किसानहरूको मेहनत, लगानी, प्रतिफल तथा वालवालीकामा गरेको लगानी वारेमा जानकारी लिइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    सेभ द चिल्ड्रेन को सहयोगमा तथा सबल नेपाल र सेभद सप्तरीद्वारा संचालित समुन्नती कार्यक्रमको जिल्ला कार्यक्रम सल्लाहकार समितिको बिहीबार बैठक तथा अनुगमन गरिएको छ ।
    सो क्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले बिद्यालयमा भौतिक पुर्वाधारको काम पूरा भएकोले अब बिद्यालयमा गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए । उनले गुणस्तरीय शिक्षासँगै बिद्यालयमा तहगत शिक्षण सिकाई प्रक्रियालाई उकास्नु पर्नेमा जोड समेत दिए ।
    सबल नेपालद्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गतको सहयोगमा खडग नगरपालिकाको वडा नम्वर ३ पंसेरास्थित लक्ष्मी कृषक समुहले गरेको सामुहिक खेती, किसानहरूको मेहनत, लगानी, प्रतिफल तथा वालवालीकामा गरेको लगानी वारेमा जानकारी लिइएको छ ।
    सो अनुगमनका क्रममा कृषक समुहका सदस्यहरूले पानी अभावका कारण उच्चा ठाँउमा तरकारी उत्पादन गर्न समस्या हुने गरेकोले पानीको उचित ब्यबस्थापनका लागि आग्रह गरेका थिए । 
    यसैगरी अनुगमन टोलीका संयोजक यादबले खडग नगरपालिका ५ राप्रबि मेघबारीमा सेभ द चिल्ड्रेनको सहयोगमा कक्षा कोठा मर्मत सम्भार तथा हात धुने ब्यबस्थापन संचालन तथा बिद्यालय सरसफाई बारेमा स्थलगत अनुगमन गरेका छ भने बिद्यालयमा भर्ना भएका बिद्यार्थीलाई टिकाउन र सिकाई उपलब्धीलाई शतप्रतिशत सम्म पु¥याउन आग्रह गरेको छ ।
    जिल्ला कार्यक्रम सल्लाहकार समितिले सबल नेपालद्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गतको सहयोगमा सुरूङ्गा नगरपालिका ७ राप्रवि हरिपुरको बाल बिकास केन्द्र निर्माण, बसाई ब्यबस्थापन तथा सिकाई र खेल सामग्रीको प्रयोग, सुरूगांका १ राप्रावि चहका कोरैयाको बालविकास केन्द्र तथा कक्षा १ र २ को मर्मत सम्भार, वडा नम्वर २ भेडिया, ग्रामिण जनकल्याण सहकारी संस्थाको बाल अक्षय कोष रकमको परिचालन, श्रृण लगानी तथा असुली, तथ्यांक ब्यबस्थापन वारेमा जानकारी लिएको थियो ।
    कास्सो क्रममा सुरूङ्गा नगरपालिका प्रमुख मुक्तीनाथ चौधरी, उपप्रमुख बिन्दा पासवान, खड्ग नगरपालिका उपमेयर यासमिन सुल्तान, प्रशासकिय अधिकृत निरज कुमार देव, कार्यपालिका सदस्य जतरी देबी सरदार, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देब, गैसस सप्तरी अध्यक्ष शम्भुनन्द चौधरी, जिसस सल्लाहकार बिनोद यादब, सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरी, सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, सेभ द चिल्ड्रेन सप्तरीका देबबिलास यादब, नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष श्यामसुन्दर यादब, सल्लाहकार श्रवण कुमार देब, सहसचिव चन्दनकुमार यादब, पत्रकार ललिता साहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने
जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने
आन्तरिक राजश्व कार्यालय स्थापनाको  माग गर्दै रिले अनसन सुरु
आन्तरिक राजश्व कार्यालय स्थापनाको  माग गर्दै रिले अनसन सुरु
लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड
लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड
सप्तरीमा संक्रिय संक्रमितको संख्या २० पुग्यो 
सप्तरीमा संक्रिय संक्रमितको संख्या २० पुग्यो 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
बिएमयुद्वारा अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा 
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”,  मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित