लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड

राजविराज राजविराज
|
आइतबार, श्रावण २६, २०७६
|
|
२० पटक हेरिएको
Shares
लोकसेवालाई समानुपातिक  समावेशीता बनाउनुपर्नेमा जोड

सारांश

  •     आरक्षण बचाउ आन्दोलन समितिद्वारा आईतवार राजविराजमा आयोजित लोकसेवा आयोगको बिभेदपूर्ण बिज्ञापनको बिरोधमा अन्तरक्रियात्मक प्रवचन कार्यक्रम उनले सो कुरा बताएका हुन् ।
  •       आरक्षण बचाउ अभियान मार्फत बिभेदमा परेका सम्पुर्ण बिद्याथीहरूले लोकसेवालाई समाबेशी बनाउन सशक्त भएर बढ्नुको बिकल्प नरहेको उनले बताए ।
  •     अभियन्ता यादबले मुलुकमै एक तिहाई जनसंख्या भएका मधेशमा लोकसेवा एउटा कार्यालय जलेश्वरमा मात्र रहेको बताउदै राज्यले लोकसेवा पाठ्यक्रम सबै नेपाली र त्यसमा लोकसेवा आयोगको प्रश्न बनाउदै पहाड र हिमाल कै बिषयबस्तुको समाबेश गरेको कारण मधेशका बिद्यार्थी आयोग पास गर्न नसकेको तर्क दिए ।

दैनिक समाचारदाता
राजविराज, २६ साउन । 
    बरिष्ठ पत्रकार तथा आरक्षण बचाउ अभियानका अभियन्ता रामरिझन यादबले लोकसेवा आयोगलाई समानुपातिक समावेशीताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्था मार्फत प्रवेश पाउनु पर्ने बताएका छन् । 
    आरक्षण बचाउ आन्दोलन समितिद्वारा आईतवार राजविराजमा आयोजित लोकसेवा आयोगको बिभेदपूर्ण बिज्ञापनको बिरोधमा अन्तरक्रियात्मक प्रवचन कार्यक्रम उनले सो कुरा बताएका हुन् । 
    आरक्षण बचाउ अभियान मार्फत बिभेदमा परेका सम्पुर्ण बिद्याथीहरूले लोकसेवालाई समाबेशी बनाउन सशक्त भएर बढ्नुको बिकल्प नरहेको उनले बताए ।
    अभियन्ता यादबले मुलुकमै एक तिहाई जनसंख्या भएका मधेशमा लोकसेवा एउटा कार्यालय जलेश्वरमा मात्र रहेको बताउदै राज्यले लोकसेवा पाठ्यक्रम सबै नेपाली र त्यसमा लोकसेवा आयोगको प्रश्न बनाउदै पहाड र हिमाल कै बिषयबस्तुको समाबेश गरेको कारण मधेशका बिद्यार्थी आयोग पास गर्न नसकेको तर्क दिए । 
    आ–आप्mनो ठाउँबाट आरक्षण बचाउन लोकसेवा आयोगलाई पुर्ण समानुपातिक समावेशीता बनाउन आरक्षण बचाउ अभियानमा एकजुट भएर अगाडी बढनुपर्नेमा उनले जोड समेत दिए । 
    यस्तै सोही कार्यक्रममा आरक्षणका अभियन्ता समेत रहेका तुलानारायण साहले राज्यले लोकसेवाले षडयन्त्रण गरेको बताउदै लोकसेवालाई पूर्ण समावेशी बनाउन सबै दलले राजनीतिक ऐजेन्डा बनाउनु पर्ने आबश्यक रहेको जिकिर गरे । 
    राज्यले लोकसेवा कार्यालय स्थापनामा पनि विभेद गरेको आरोप लगाउँदै उनले जनसंख्या आधारमा कार्यालयमा नराखी न्यून जनसंख्याका भएका जिल्लामा कार्यालय स्थापना गरेको बताए ।
    कार्यक्रममा निजामति कर्मचारीहरूको ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले प्रचलित ऐन, नियम र कानुनमा भएको ब्यबस्था बमोजिम लोकसेवाको बिज्ञापन गर्नुपर्ने बताउदै लोकसेवाको महत्व वारेमा बिद्यार्थीहरूलाई सुसुचित गराउनुपर्ने जोड दिए । उनले लोकसेवा प्रशिक्षणको कक्षाहरू संचालन गर्नुपर्ने बताउदै त्यसका लागि सबै सम्बन्धी पक्षको पहल गर्नु अहिलेको आबश्यक रहेको जिकिर गरे । 
    कार्यक्रममै राष्ट्रिय बिद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु कुमार यादबले लोकसेवा आयोगले संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र गर्दै विज्ञापन प्रकाशन गरेकोले आउने दिनहरुमा सरकारले विभेद गरे सशक्त भएर अगाडी बढाउनुपर्ने बताए ।
    समानुपातिक समावेशीताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्थामार्फत प्रवेश पाउने अधिकारलाई समेत आयोगले कुण्ठित पारेको अध्यक्ष यादबले आरोप लगाए ।
    संविधानमा ग्यारेन्टी गरी निजामति ऐन मार्फत विगत केही वर्षदेखि लागु हुँदै आएकोमा संघीयता र समावेशीतालाई समाप्त पार्ने षड्यन्त्र स्वरुप लोकसेवा आयोगद्वारा गरिएको नयाँ मापदण्ड अनुसारको नयाँ विज्ञापन र विज्ञापनको पद्धतीले मुलुकलाई पश्चगमन तिर धकेल्न खोजेको राजपा नेपाल निकट बिद्यार्थी संघका अध्यक्ष यादबले आरोप छ ।
    जिल्ला समाजवादी बिद्यार्थी फोरमका जिल्ला अध्यक्ष संजय कुमार यादबले महिला, दलित, मधेशी, थारु, जनजाति, मुस्लिम समेतलाई राज्यको हरेक निकायमा सरकारी सेवामा प्रवेश गर्ने मौलिक हकमा कुठाराघात भएको बताए ।
    सो अवसरमा आरक्षण बचाउ अभियानका सशक्त बनाउन मधेशका अभियन्ता बिकास तिवारीलाई संयोजक तोकिएको छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
रकम अभावले उपचार गर्न नपाएकी खंगको मृत्यु
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
नेपाल वैश्य कल्याण महासंघ सप्तरीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
कोशी पीडितद्वारा मुआब्जा र क्षतिपूर्तीका  लागि भारतीय पक्षलाई ध्यानाकर्षण 
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी 
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी