छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका

राजविराज राजविराज
|
मंगलबार, पौष २३, २०८१
|
|
२१ पटक हेरिएको
Shares
छाडा पशुचौपाया नियन्त्रणमा लिँदै नगरपालिका

सारांश

  •     पछिल्लो पटक यही पुस २२ गते सोमबारदेखी नगरपालिकाले कार्यालय परिसर भित्रै अस्थायी रुपमा काँजी हाउस संचालन गरि नगर क्षेत्रभित्र छाडा छाडिएका पशु चौपायालाई नियन्त्रणमा लिने कार्यलाई पुनः सुरु गरेको हो ।
  •     दुई दिनको अवधीमा २४ वटा गाई र बाछी तथा २ वटा घोडा गरि २६ वटा छाडा पशु चौपाया नियन्त्रण लिएको नगरपालिकाका सरसफाईका शाखा प्रमुख ज्योतिष कुमार यादवले जानकारी दिए ।
  • छाडा पशुचौपाया नियन्त्रणका लागि नगरपालिकाले सरसफाई तथा बिजुलीका कर्मचारी र दमकलका चालकहरु गरि २५ जना जनशक्ति परिचालन गरेको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २३ पुस ।

    राजविराज नगरपालिकाले नगर क्षेत्र भित्र छाडा रुपमा छाडिएका पशु चौपायालाई नियन्त्रणमा लिने कार्य पुनः सुरु गरेको छ । यस अघि नगरपालिकाले झण्डै ७ वर्षअघि पनि छाडा पशुचौपाया नियन्त्रण गर्ने प्रयास गरेको थियो । तर, सो कार्यले निरन्तरता पाउन सकेन् ।  
    पछिल्लो पटक यही पुस २२ गते सोमबारदेखी नगरपालिकाले कार्यालय परिसर भित्रै अस्थायी रुपमा काँजी हाउस संचालन गरि नगर क्षेत्रभित्र छाडा छाडिएका पशु चौपायालाई नियन्त्रणमा लिने कार्यलाई पुनः सुरु गरेको हो ।
    दुई दिनको अवधीमा २४ वटा गाई र बाछी तथा २ वटा घोडा गरि २६ वटा छाडा पशु चौपाया नियन्त्रण लिएको नगरपालिकाका सरसफाईका शाखा प्रमुख ज्योतिष कुमार यादवले जानकारी दिए । छाडा पशुचौपाया नियन्त्रणका लागि नगरपालिकाले सरसफाई तथा बिजुलीका कर्मचारी र दमकलका चालकहरु गरि २५ जना जनशक्ति परिचालन गरेको उनले बताए ।
    उनका अनुसार नियन्त्रणमा लिई काँजी हाउसमा राखिएका २६ मध्ये ९ वटा गाई र बाछीलाई ५ सयका दरले ४ हजार ५ सय रुँपैया तिरेर पशुधनीले लगेका छन् । 
    अनाधिकृत रुपमा कसैले पशुचौपाया सार्वजनिक स्थानमा छोडी वा लापरवाही गरी बालिनालीमा नोक्सानी पु¥याएको खण्डमा सो नोक्सानी भएको ठहर भए सम्बन्धीत पशुधनीबाटै वडा समितिले क्षतिपूर्ती भराई दण्ड सजाय गर्न सकिने प्रावधान समेत रहेको उनको भनाई छ ।
    छाडा पशुचौपाया नगरपालिकाले नियन्त्रणमा लिएर काँजी हाउसमा राखेको बेला पशुधनीले जरिवाना बुझाएर लैजान सक्ने प्रावधान रहेको बताउँदै सरसफाई प्रमुख यादवले एक दिनको सानो पशुको एक सय रुपैया जरिवाना तोकिएको छ भने दोश्रो दिन थप एक सय गरि सातौं दिनसम्ममा ७ सय जरिवाना तोकिएको छ । 
    यस्तै ठूलो पशुको हकमा पहिलो दिन ५ सय जरिवाना तथा सातौं दिनसम्ममा ५ हजार ५ सय जरिवाना तोकिएको छ । सो अवधीमा पनि पशुधनीले आफ्ना पशुचौपाया नलगे आठौं दिन ती पशुचौपायाको लिलामी समेत हुने प्रावधान रहेको उनको भनाई छ । 
    उक्त कार्यका लागि नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनको संयोजकत्वमा ११ सदस्यीय छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७९ को दफा ३ बमोजिम छाडा चौपाया नियन्त्रण अनुगमन तथा समन्वय समिति समेत गठन गरिएको छ । 
    गठित समितिको सदस्यहरुमा वडा नं. २ का अध्यक्ष अरुण कुमार यादव, वडा नं. ३ का अध्यक्ष अनिल कुमार दास, वडा नं. ४ का अध्यक्ष दिनेश कुमार साह कसेरा, कार्यपालिका सदस्य मो. इलयास मियाँ, कृषि शाखा प्रमुख, सरसफाई प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला समन्वय समितिका महिला सदस्य प्रतिनिधि र पशु विकास शाखा प्रमुख छन् । 
    राजविराजको विभिन्न सडकहरुमा छाडा रुपमा देखिने गाई, भैँसी, बाछा–बाछी, कुकुर तथा अन्य चौपायाका कारण मानिसहरुलाई हिडडुल गर्न तथा यातायात संचालनमा निकै कठिनाई हुने गरेको व्यापक जनगुनासो तथा सामाजिक संजालमा आएपछि नगरपालिकाले अग्रसरता देखाएको हो । यस्ता छाडा चौपायाले सडकमा ट्राफिकमा समस्या पार्ने तथा अन्य सार्वजनिक सम्पत्तिमा समेत क्षति पु¥याउने खालका गतिविधि हुन थालेपछि नगरपालिकाले छाडा पशुचौपाया नियन्त्रणमा लिने कार्यलाई अग्रसरता दिएको पालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले बताइन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
महदेवामा राष्ट्रिय परिचय पत्र बनाउने कार्य शुरु  
महदेवामा राष्ट्रिय परिचय पत्र बनाउने कार्य शुरु  
राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित
राजविराज नगरपालिकाका वडा सदस्यहरु आन्दोलित
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
डाक्नेश्वरी नपाको बेथिति बिरुद्ध १४ बुँदे माग सार्दै चार दल आन्दोलित
डाक्नेश्वरी नपाको बेथिति बिरुद्ध १४ बुँदे माग सार्दै चार दल आन्दोलित
मधेश प्रदेशका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट 
मधेश प्रदेशका ८६ हजार ५ सय २४ छात्रछात्रालाई शैक्षिक कीट 
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
आगलागिबाट दश घर नष्ट, ४० लाख बराबरको क्षति 
आगलागिबाट दश घर नष्ट, ४० लाख बराबरको क्षति 
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत