पार्किङ गरिएको भ्यानमा आगजनी

राजविराज राजविराज
|
आइतबार, मंसिर २८, २०७७
|
|
३५ पटक हेरिएको
Shares
पार्किङ गरिएको भ्यानमा आगजनी

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले आगजनी कसले गरेको हो भन्ने कुराको अहिलेसम्म यकिन हुन सकेको बताए ।
  • यता सवारीधनी मुखियाले बिहान ४ बजेतिर नचिनेका केही मानिसले खर, पराल र पेट्रोल लिएर आई गाडीमा आगजनी गरि भागेको बताएका छन् ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका डिएसपी साहले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सुक्ष्म रुपमा अनुसन्धान थालिएको जानकारी दिए ।

    राजविराज÷सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामास्थित एक घरमा पार्किङ गरिराखिएको पिकअप भ्यानमा आगजनी भएको छ । 
    उक्त वडा निवासी बेचन मुखियाको घर अगाडी पार्किङ गरिराखिएको स.१च. १७२५ नं. को निजी भ्यानमा शनिबार बिहान आगजनी भएको हो । 
    आगजनीबाट गाडीको इन्जिनसहित अग्रभाग पुरै जलेर क्षतिग्रस्त हुँदा करिब १८ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले आगजनी कसले गरेको हो भन्ने कुराको अहिलेसम्म यकिन हुन सकेको बताए । यता सवारीधनी मुखियाले बिहान ४ बजेतिर नचिनेका केही मानिसले खर, पराल र पेट्रोल लिएर आई गाडीमा आगजनी गरि भागेको बताएका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका डिएसपी साहले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सुक्ष्म रुपमा अनुसन्धान थालिएको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?