दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
सप्तरीमा बिना अनुमति संचालनमा रहेका दुई वटा निजि विद्यालय बन्द गराइएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा संचालित बिना अनुमतिका दुई निजी विद्यालय बन्द गराइएको हो ।
जिल्ला शिक्षा समन्वय इकाईको अगुवाइमा शुक्रबार नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जितेन्द्र पासवानसहितको टोलीले दुई विद्यालय बन्द गराएको हो ।
नगरपालिकाको वडा नं. ५ स्थित आनन्द निजी शैक्षिक गुठी र वडा नं. ७ स्थित आरपी मेमोरियल स्कुल बन्द गराइएको छ ।
यी दुबै विद्यालयले कक्षा १ को अनुमति लिएर ८ कक्षासम्म संचालन गर्दै आएको पाइएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शशी यादवले जानकारी दिए ।
उनका अनुसार उच्च अदालत जनकपुर, राजविराज इजलासले १९ बैशाखमा अनुमति पाएको भन्दा माथिल्लो कक्षामा भर्ना नगर्न अन्तरिम आदेश दिएपछि फैसला कार्यान्वयन गराउने क्रममा उक्त विद्यालयहरु सूचना टाँस गरेर बन्द गर्न लगाइएको छ ।
आगामी दिनमा अनुमति पाएको भन्दा बढी कक्षा संचालन गरे शिक्षा एन अनुसार थप कार्वाहीको भागिदार बन्ने भन्दै ती विद्यालय संचालकले सहीछाप समेत गरेको यादवले बताए ।
शिक्षा समन्वय प्रमुख यादवले अनुमति नपाएर पनि संचालन हुँदै आएको विद्यालयहरुलाई पटक पटक बन्द गर्न लिखित र मौखिक आग्रह गरिएपनि वेवास्ता गरिएकाले सूच्ना टाँस गर्दै बन्द गर्न थालिएको बताए ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले अनुमति पाएको भन्दा माथिल्लो कक्षा संचालन गरेको पाइए कानुन बमोजिम कार्वाही गर्न निर्देशन दिएपछी अनुगमन टोलीले सक्रियता देखाएको छ । टोलीले थप अन्य विद्यालयहरुमा पनि अनुगमन गर्ने र अनुमति वगैर माथिल्लो कक्षा संचालन गरिएको पाए तत्कालै सूचना टाँस गरि बन्द गर्ने जनाएको छ ।
अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
सारांश
- जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा संचालित बिना अनुमतिका दुई निजी विद्यालय बन्द गराइएको हो ।
- जिल्ला शिक्षा समन्वय इकाईको अगुवाइमा शुक्रबार नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जितेन्द्र पासवानसहितको टोलीले दुई विद्यालय बन्द गराएको हो ।
- नगरपालिकाको वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया