दैनिक समाचारदाता
राजविराज, ८ असार ।
सप्तरीमा सोमबार कोरोना संक्रमितको संख्या १३ थपिएसँगै कुल १ सय ७३ संक्रमित संख्या पुगेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिकाका २, बलानविहुल गाउँपालिकाका ४, राजगढ गाउँपालिका ५ र राजविराज नगरपालिकाका २ जनामा संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि आइतबार हनुमाननगर कंकालिनी नगरपालिकामा २ दुईजना संक्रमण भेटिएको थियो । यता ७१ जना कोरोनाबाट निको भइ घर फर्किसकेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिएका छन् । बाँकी रहेका १ सय २ जनाको राजविराजस्थित साईकृष्णाको आइसोलेशन केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभरमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ४२ डिस्चार्ज भएका छन् ।
अहिले पनि देशभरका क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना छन् । यस्तै हालसम्म एक लाख ८१ हजार २ सय ७१ नमुनाको आरटी सीपीआर टेस्ट गरिएको छ भने २ लाख ६८ हजार १ सय ३ ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको मन्त्रालयले जनाएको छ ।
सप्तरीमा थपिए १३ जना कोरोना संक्रमित
सारांश
- जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिकाका २, बलानविहुल गाउँपालिकाका ४, राजगढ गाउँपालिका ५ र राजविराज नगरपालिकाका २ जनामा संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- यसअघि आइतबार हनुमाननगर कंकालिनी नगरपालिकामा २ दुईजना संक्रमण भेटिएको थियो ।
- यता ७१ जना कोरोनाबाट निको भइ घर फर्किसकेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया