राजविराज÷जिल्ला समन्वय समिति सप्तरीका निवर्तमान प्रमुख प्रभाकर यादवसहित विभिन्न पार्टी परित्याग गरि एक हजार भन्दा बढी जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
शनिवार राजविराजमा जसपा सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा निवर्तमान प्रमुख यादव हृदयेश त्रिपाठी नेतृत्वको नेपाल प्रगतिशिल पार्टी परित्याग गरि जसपामा प्रवेश गरेका हुन ।
उनीसँगै छिन्नमस्ता गाउँपालिका ७ को निवर्तमान वडाअध्यक्ष रहेकी उनकी पत्नी प्रमिला देवी पनि जसपा प्रवेश गरेकी छिन । दुबै जना हृदयेश त्रिपाठी नेतृत्वको नेपाल प्रगतिशिल पार्टीमा थिए ।
यसअघि लोसपामा रहेका यादव दम्पति हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा सो पार्टी परित्याग गरेर नेपाल प्रगतिशिल पार्टीमा प्रवेश गरेका थिए । सोही पार्टीको टिकटबाट प्रभाकर छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष तथा उनको पत्नी प्रमिला वडाअध्यक्ष पदमा चुनाव लडदा पराजित भएका थिए ।
यादव दम्पति नेपाल प्रगितिशिल पार्टी परित्याग गरेको भन्नु पर्नेमा उद्घोषकले लोसपा परित्याग गरेको भन्दा सबै अचम्मित भएका थिए ।
यस्तै नेपाल प्रगतिशिल पार्टीबाट राजविराज नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका अशोक साह र विवेकशिल साझा पार्टीका केन्द्रीय सदस्य सुमन मिश्र लगायत विभिन्न पार्टी परित्याग गरी एक हजार भन्दा बढी जसपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिए ।
नवप्रवेशीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव, मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, सामाजिक विकास मन्त्री नवलकिशोर साह, पार्टी प्रवक्ता मनिष सुमन लगायतले अविर र माला लगाई स्वागत गरेका थिए ।
जिसस सप्तरीका निवर्तमान प्रमुखसहित एक हजार भन्दा बढी जसपामा प्रवेश
सारांश
- यसअघि लोसपामा रहेका यादव दम्पति हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा सो पार्टी परित्याग गरेर नेपाल प्रगतिशिल पार्टीमा प्रवेश गरेका थिए ।
- सोही पार्टीको टिकटबाट प्रभाकर छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष तथा उनको पत्नी प्रमिला वडाअध्यक्ष पदमा चुनाव लडदा पराजित भएका थिए ।
- यादव दम्पति नेपाल प्रगितिशिल पार्टी परित्याग गरेको भन्नु पर्नेमा उद्घोषकले लोसपा परित्याग गरेको भन्दा सबै अचम्मित भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया