छात्राहरुको सेनेटरी प्याड खरीद र भुक्तानी प्रकरणमा आरोपित पाँचै जनाले पाए सफाई

राजविराज राजविराज
|
मंगलबार, आषाढ ११, २०८१
|
|
२३ पटक हेरिएको
Shares
छात्राहरुको सेनेटरी प्याड खरीद र भुक्तानी प्रकरणमा आरोपित पाँचै जनाले पाए सफाई

सारांश

  •     रुपनी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका ललिताकुमारी साहसमेत पाँच जनाविरुद्ध अख्तियारले २०८० साल माघ ११ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
  •     खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा सेनिटरी प्याड खरिद गरेर १७ लाखभन्दा बढी रकम हिनामिना गरेको अख्तियारले उनीहरूविरुद्ध आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।
  • गाउँपालिकासँग मिलोमतो गरी सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा सेनिटरी प्याड खरिद गरेको भनि आयोगमा उजुरी परेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ११ असार ।   
 
    सप्तरीको रुपनी गाउँपालिकामा छात्राहरुले सेनेटरी प्याड खरीद र भुक्तानीमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा मंगलबार आरोपितहरुलाई विशेष अदालतले सफाई दिएको छ ।
    रुपनी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका ललिताकुमारी साहसमेत पाँच जनाविरुद्ध अख्तियारले २०८० साल माघ ११ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
    खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा सेनिटरी प्याड खरिद गरेर १७ लाखभन्दा बढी रकम हिनामिना गरेको अख्तियारले उनीहरूविरुद्ध आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । गाउँपालिकासँग मिलोमतो गरी सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा सेनिटरी प्याड खरिद गरेको भनि आयोगमा उजुरी परेको थियो । 
    आर्थिक वर्ष ०७७÷०७८ मा मिलोमतोमा लागत अनुमान नै तयार नगरी नगराई ९ लाख ११ हजार ९ सय २५ रुपैयाँमा खरिद भएको सेनिटरी प्याडको मुल्य १७ लाख ८५ हजार ९ सय २८ देखाई भुक्तानी गरिएको अख्तियारको आरोप थियो ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस र एमाले मिलेर लोकतन्त्रलाई कमिशनतन्त्रमा परिणत ग¥यो ः उपेन्द्र यादव
काँग्रेस र एमाले मिलेर लोकतन्त्रलाई कमिशनतन्त्रमा परिणत ग¥यो ः उपेन्द्र यादव
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
चाड पर्वमा सुरक्षित यात्राका लागि प्रहरीद्वारा शुभकामना
चाड पर्वमा सुरक्षित यात्राका लागि प्रहरीद्वारा शुभकामना
“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”
“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
बैदेशिक रोजगारीमा गएका मध्येबाट  कंचनरुपका १४ जनाले गुमाए ज्यान
सात दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
सात दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
जिल्ला पञ्चायतका  पूर्वसभापति झाको निधन
तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै 
तिलाठीको दुई विद्यालयमा नयाँ भवन निर्माण हुदै