राजविराज÷अदालतको फैसला कार्यान्वयन नहुँदा सप्तरीको शम्भुनाथ नगरपालिका १ खोक्सर प्रभाहकी २७ वर्षिया लक्ष्मी कुमारी कर्ण विचल्लीमा परेकी छिन् ।
सप्तरी जिल्ला अदालतले उनको हकमा मानाचामल उपलब्ध गराउन दिएको आदेश लामो समय वितिसक्दा पनि कार्यान्वयन नहँुँदा लक्ष्मीको विचल्ली भएको हो ।
अदालतको आदेश बोकेर दुई नावालिक छोरीसहित शनिवार सदरमुकाम राजविराज आईपुगेकी उनले संचारकर्मीहरुसित न्यायका लागि पहल गरिदिन आग्रह मात्र गरिनन् । अब न्याय खोज्न कहाँ जाने ? बाटो र उपाय बताइ दिन आग्रह समेत गरिन ।
अदालतको आदेश कार्यान्वयनमा ढिलाई हुँदा उनीसँगै दुई वर्षिया छोरी रियन्सीका र सात वर्षिया छोरी वर्षाको पनि विजोग भएको छ । लालपालनमा त समस्या छदै छ । कान्छी छोरी रियन्सीका जन्मदर्ता नहुँदा विद्यालय भर्ना हुनबाट समेत उनी बञ्चित भएकी छिन् ।
लक्ष्मीको शम्भुनाथ नगरपालिका १ खोक्सरका मदन कुमार कर्णसँग २०७१ साल ३० बैशाखमा हिन्दु परम्परा अनुसार विवाह भएको थियो । विहेमा १ लाख १० हजार नगद, २ तोला सुन तथा २० तोला चाँदीका गरगहना दिइएको लक्ष्मीको भनाई छ । विवाहको शुरुका केही समय पति मदन र घर परिवारका सबैले राम्रै व्यवहार गरेपनि दुई छोरी जन्मिएपछि व्यवहार परिवर्तन भई शारीरिक र मानसिक यातना दिने क्रम शुरु भएको उनी बताउँछिन् । पति, सासु र सासुराले शारीरिक र मानसिक यातना मात्र दिन थालेनन, घर निकाला नै गरे उनले भनिन ।
न्यायका लागि नगरपालिकाको न्याय समितिमा पुगे र त्यहाँ भएको सहमतिको पालना पति, सासु र ससुराले गर्न अस्विकार गरेपछि अदालतको शरणमा पुगेको उनले सुनाईन । सँगै जिवनयापन नगरुन्जेल तथा सम्बन्ध विच्छेद मुद्दाको अन्तिम टुंगो नहुन्जेलसम्म अदालतले २०७७ माघदेखि लागु हुने गरी लक्ष्मी र उनका दुई नावालिक छोरीसमेतलाई जीवनयापन गर्न मदनले मासिक १५ हजार रुपैयाँ लालनपालन खर्च दिनुपर्ने आदेश जारी गरेका थियो । तर हालसम्म एक सुका पनि नपाएको लक्ष्मीको भनाई छ ।
अदालतको फैसला बमोजिम मानाचामल खर्च तथा कान्छी छोरीको जन्मदर्ताका लागि पहल गरिदिन उनले सबै सरोकारवालासँग आग्रह गरेकी छिन् । जनकपुर माइत रहेकी लक्ष्मीले हाल माइतीमै एउटा कोठा भाडामा लिई बसोवास गर्दै आएकी उनी अहिले टोलका केही बालबालिकालाई ट्यूशन पढाएर जसोतसो तीन जनाको परिवार पाल्दै आएकी छिन् ।
अदालतको आदेशपछि पनि लक्ष्मीले पाईनन् न्याय
सारांश
- अदालतको आदेश कार्यान्वयनमा ढिलाई हुँदा उनीसँगै दुई वर्षिया छोरी रियन्सीका र सात वर्षिया छोरी वर्षाको पनि विजोग भएको छ ।
- लालपालनमा त समस्या छदै छ ।
- कान्छी छोरी रियन्सीका जन्मदर्ता नहुँदा विद्यालय भर्ना हुनबाट समेत उनी बञ्चित भएकी छिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया