सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न

राजविराज राजविराज
|
आइतबार, आश्विन ४, २०७७
|
|
३६ पटक हेरिएको
Shares
सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न

सारांश

  •     विगतमा जिल्लावासी राजविराजमा उपचार गराउन डराएर अन्यत्र बिराटनगर र धरान जाने मानसिकतालाई अहिले बिस्तारै त्याग्दै छन् ।
  • यहाँस्थित सरकारी र केही निजि अस्पतालले दक्ष चिकित्सक, जनशक्ति तथा आधुनिक उपकरणको माध्यमबाट जिल्लावासीलाई अन्यत्र उपचार गराउन जाने झन्झटबाट मुक्त गराउने प्रयासरत छन् ।
  •       पछिल्लो पटक राजविराजस्थित छिन्नमस्ता एजुकेशनल मेडिकल कलेज एण्ड अस्पतालले एकपछि अर्को जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 
    सप्तरी सदरमुकाम राजविराजमा रहेका विभिन्न अस्पतालमा अहिले दक्ष चिकित्सक तथा आधुनिक उपकरणको माध्यमबाट जटिल भन्दा जटिल रोगको उपचार सम्भव हुँदै गएको छ । 
    विगतमा जिल्लावासी राजविराजमा उपचार गराउन डराएर अन्यत्र बिराटनगर र धरान जाने मानसिकतालाई अहिले बिस्तारै त्याग्दै छन् । यहाँस्थित सरकारी र केही निजि अस्पतालले दक्ष चिकित्सक, जनशक्ति तथा आधुनिक उपकरणको माध्यमबाट जिल्लावासीलाई अन्यत्र उपचार गराउन जाने झन्झटबाट मुक्त गराउने प्रयासरत छन् ।  
    पछिल्लो पटक राजविराजस्थित छिन्नमस्ता एजुकेशनल मेडिकल कलेज एण्ड अस्पतालले एकपछि अर्को जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । 
    सप्तरीको रुपनी गाउँपालिका ३ हर्दिया कटैया निवासी ५० वर्षिय कमलकुमार साहको स्पाइनल कर्डमा भएको ट्युमर (मेरुदण्डमा पलाएको मासु) को चार घण्टाको प्रयासपछि सफल शल्यक्रिया सम्पन्न गरेको अस्पताल प्रशासनले जनाएको छ । 
    यस्तो शल्यक्रिया जिल्लामै पहिलो पटक गरिएको सो अस्पतालका चिकित्सकहरुको भनाई छ । वरिष्ठ सर्जन डा. राजिव मिश्रा, डा. ज्ञानेन्द्र कुमार झा, डा. सरोज कुमार साह, एनेस्थेटिस्ट डा. पारषमणि साहलगायतका चिकित्सक टोलीले शल्यक्रि सम्पन्न गरेका हुन् । 
    यता आर्थिक अवस्था निकै कमजोर भएका साह जिल्ला बाहिर विभिन्न अस्पताल धाएर यहाँ आइपुगेको अस्पतालका संचालक शैलेन्द्र मोहन झाले बताए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण
बोलबमको नारा लगाउँदै भगवान शिवलाई जल अर्पण
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
जसपा अध्यक्ष यादव निर्वाचित, खुशियालीमा दिप प्रज्जवलन
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन 
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन 
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
अन्य व्यक्तिसँगै राजविराज कारागारको जग्गा सेवानिवृत  कर्मचारीबाट पनि अतिक्रमण गरिएको खुलासा
बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएसँगै सप्तरीमा पालिका प्रमुख निलम्बित हुनेको संख्या चार पुग्यो 
दुई दिनको अवधीमा दुई पालिका प्रमुख निलम्बित भएसँगै सप्तरीमा पालिका प्रमुख निलम्बित हुनेको संख्या चार पुग्यो 
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका  लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका  लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
२८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
२८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ