राजविराजमा लाग्ने सबै हाट बजार बन्द 

राजविराज राजविराज
|
सोमबार, चैत्र १७, २०७६
|
|
९२ पटक हेरिएको
Shares
राजविराजमा लाग्ने सबै हाट बजार बन्द 

सारांश

  • सोमबार नगरपालिकाको सम्पन्न बैठकले हाल रंगशालामा संचालित हटिया तथा वडाहरुमा समेत संचालित अन्य हाट बजार पनि बन्द गर्ने निर्णय गरेको हो ।
  •   हाट बजार संचालन गर्ने नगरपालिका आफैले गरेको निर्णय तीन दिनमै फिर्ता लिन पुगेको हो ।
  • यता हाट बजार व्यवस्थित रुपले संचालन हुन नसक्दा तथा बिक्रि गर्ने व्यापारी तथा ग्राहक ग्राहकबीचको दुरी समेत व्यवस्थित हुन नसक्दा हाट बजार लगाउने निर्णय फिर्ता लिनु परेको नगरपालिका श्रोतले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 
सम्भावित कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर शनिबारदेखी राजविराज नगरपालिकाले राजरंगशालामा संचालनमा ल्याएको हटिया बन्द गर्ने निर्णय गरेको छ । 
सोमबार नगरपालिकाको सम्पन्न बैठकले हाल रंगशालामा संचालित हटिया तथा वडाहरुमा समेत संचालित अन्य हाट बजार पनि बन्द गर्ने निर्णय गरेको हो । 
हाट बजार संचालन गर्ने नगरपालिका आफैले गरेको निर्णय तीन दिनमै फिर्ता लिन पुगेको हो । यता हाट बजार व्यवस्थित रुपले संचालन हुन नसक्दा तथा बिक्रि गर्ने व्यापारी तथा ग्राहक ग्राहकबीचको दुरी समेत व्यवस्थित हुन नसक्दा हाट बजार लगाउने निर्णय फिर्ता लिनु परेको नगरपालिका श्रोतले जनाएको छ । 
यस्तै नगरपालिकाले ढकीया, ठेला र साइकलको माध्यमले घर घर गई सुरक्षित माध्यमले दुरी बनाएर तरकारी बिक्रि गर्न प्रोत्साहन गर्ने निर्णय गरेको छ । 
स्थानिय प्रशासनले लकडाउनको अवधीमा बिहान ६ बजेदेखी ९ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक खाद्यान्न र तरकारी किन्न छुट दिएपछि उक्त हाट बजारमा सर्वसाधारणको अत्याधिक भिड लाग्ने गरेको थियो । 
जसकारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सतर्कताका लागि सो हाट बजार हालका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शम्भुप्रसाद यादवले बताए । 
    यसैबीच लकडाउनको बेला नगरपालिकाले खाद्यान्नको आपुर्तीका लागि घर घरमा खाद्यान्न पु¥याउने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?