विपन्न समुदायका एकल महिलादेखी तेश्रोलिङ्गीलाई न्यानो कपडा

राजविराज राजविराज
|
बुधबार, माघ १८, २०७९
|
|
२२ पटक हेरिएको
Shares
विपन्न समुदायका एकल महिलादेखी तेश्रोलिङ्गीलाई न्यानो कपडा

सारांश

  •     उक्त राहत पाउनेमा विपन्न समुदायका एकल महिला, शारिरीक रुपमा अशक्त, बृद्धबृद्धा देखी यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेश्रोलिङ्गि) सम्म छन् ।
  •       जिल्लामा सम्भव त पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेश्रोलिङ्गी) लाई समेत चिसो छल्न प्रदेश सरकारबाट राहत स्वरुप न्यानो कपडा बितरण गरिएको हो ।
  • बितरण गरिएका सामाग्रिहरुमा ब्लायङकेट, न्यानो कपडा र म्याट लगायतका छन् ।

दैनिक समाचारदाता
राजविराज, १८ माघ । 

    महिला, बालबालिका, यूवा तथा खेलकुद मन्त्रालयले राजविराजमा एक कार्यक्रमको आयोजना गरि चिसोले कष्टकर जिवन बिताइरहेका ३५ जनालाई न्यानो कपडा बितरण गरेको छ । 
    उक्त राहत पाउनेमा विपन्न समुदायका एकल महिला, शारिरीक रुपमा अशक्त, बृद्धबृद्धा देखी यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेश्रोलिङ्गि) सम्म छन् । 
    जिल्लामा सम्भव त पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेश्रोलिङ्गी) लाई समेत चिसो छल्न प्रदेश सरकारबाट राहत स्वरुप न्यानो कपडा बितरण गरिएको हो । बितरण गरिएका सामाग्रिहरुमा ब्लायङकेट, न्यानो कपडा र म्याट लगायतका छन् । 
    जिल्ला जेष्ठ नागरिक संघ, एकल महिला संघ, समावेशी अपाङ संघ र निलहिरा समाजको समन्वयमा जिल्लाको प्रत्येक पालिकाबाट विपन्न परिवारका सदस्यको चयन गरि उक्त राहत सामाग्रि प्रदान गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका शाखा अधिकृत राजिवकुमार सिंहले जानकारी दिए । 
    न्यानो कपडा बितरण कार्यक्रममा जेष्ठ नागरिक संघका जिल्ला सचिव बैजनाथ झा, समावेशी अपाङ संघका अध्यक्ष सतिशचन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल बैंकका सुरक्षा गार्ड मृत अवस्थामा फेला
नेपाल बैंकका सुरक्षा गार्ड मृत अवस्थामा फेला
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
सात दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
सात दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
विद्यापति स्मृति पर्वमा विविध कार्यक्रमको आयोजना
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
शितलहरको कहर जारी, सर्वसाधारण मारमा, सिरक डसना र न्यानो लुगाको कारोबार बढ्यो
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
श्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ
श्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ
महिला क्रिकेट छनोट खेलमा खडक बिजयी
महिला क्रिकेट छनोट खेलमा खडक बिजयी
मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त