दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको शुक्रवारै वसेको बृहत बैठकले आगामी स्थानीय तहको निर्वाचनका लागी जिल्लाको १८ मध्ये १३ स्थानीय तहको उम्मेदवारको टुंगो लगाएको छ ।
जिल्ला अध्यक्ष उमदेश्वर साहले बैठकबाट सर्वसम्त ढंगले चयन गरिएको प्रमुख, उप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष लगायतका उम्मेदवारको नामावली अनुमोदनका लागी केन्द्रिय समितीमा पठाइएको जानकारी दिए ।
उनका अनुसार राजविराज नगरपालिकाको प्रमुख पदका लागी उमेश प्रसाद साह, शम्भुनाथ नगरपालिकाको प्रमुख पदका लागी उम्मदेवश्वर प्रसाद साह र उपप्रमुख पदका लागी निलम देवी सदा, हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पदका लागी नागेन्द्र प्रसाद साह, उप–प्रमुखमा शुकरी देवी मण्डल, बोदे बर्साइन नगरपालिकाको प्रमुख पदका लागी अशोक कुमार साह र उप प्रमुखमा सिता देवी यादवको नाम सिफारिस गरिएको छ ।
यस्तै खडक नगरपालिकाको प्रमुखमा बद्री नारायण साह, उप प्रमुखमा शर्मिला देवी साह, सुरंगा नगरपालिकामा प्रमुख पदका लागी बिरेन्द्र भगत उपप्रमुखमा प्रेम कुमारी महरा, डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा सुर्य नारायण साह, उपप्रमुखमा एलिना आचार्य, कचंनरुप नगरपालिकाको प्रमुखमा कृष्ण कुमार चौहान, उपप्रमुख सुनिता देवी साह, महादेवा गाउँपालिकाको अध्यक्ष पदमा बेचन इशर, उपाध्यक्षमा उषा गिरी, बलानविहुल गाउँपालिकाको अधयक्ष पदमा राम नरेश यादव, उपाध्यक्षमा रंजना कुमारी यादवको नाम सिफारिस गरिएको छ ।
छिन्नमस्ता गाउँपालिकाबाट अध्यक्ष पदमा राम देव यादव, तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्षमा देशीनन्दन मण्डल, तिरहुत गाँउपालिकाको अध्यक्षमा दशरथ खंग, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा राम कुमार यादव, उपाध्यक्षमा शोभा देवी मण्डलको नाम सिफारिस गरिएको छ ।
बाँकि रहेका स्थानीय तहका उम्मेदवारहरुको पनि एक साता भित्रै चयन गरी अनुमोदनका लागी केन्द्रिय समितीमा पठाइने सो पार्टीले जनाएको छ ।
यस्तै शुक्रबारै पार्टीद्वारा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले राजविराजकी जया कुमारी महतोलाई केन्द्रिय सदस्य पदमा मनोनित गरेको छ । महतो राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संघ सप्तरीकी अध्यक्ष समेत हुन ।
सो अवसरमा जिल्ला अध्यक्ष उम्मदेश्वर साह, बरिष्ठ उपाध्यक्ष उमेश प्रसाद साह, सचिव बलराम शर्मा, सहसचिव सुरेन्द्र कुमार साह (सुरेश), पुर्व केन्द्रिय सदस्य सुभाष चन्द्र झा लगायतले नवनियुक्त केन्द्रिय सदस्य महतोलाई स्वागत तथा सम्मान गरे ।
जिल्ला कार्य समितीको सिफारिसमा महतोलाई पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिंगदेनको अध्यक्षतामा दुई दिन अघि बसेको केन्द्रिय समितीको बैठकले केन्द्रिय सदस्य पदमा मनोनित गरेको जिल्ला अध्यक्ष साहले बताए ।
राप्रपा सप्तरीले १३ स्थानीय तहमा उम्मेदवारको टुंगो लगायो
सारांश
- जिल्ला अध्यक्ष उमदेश्वर साहले बैठकबाट सर्वसम्त ढंगले चयन गरिएको प्रमुख, उप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष लगायतका उम्मेदवारको नामावली अनुमोदनका लागी केन्द्रिय समितीमा पठाइएको जानकारी दिए ।
- उनका अनुसार राजविराज नगरपालिकाको प्रमुख पदका लागी उमेश प्रसाद साह, शम्भुनाथ नगरपालिकाको प्रमुख पदका लागी उम्मदेवश्वर प्रसाद साह र उपप्रमुख पदका लागी निलम देवी सदा, हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पदका लागी नागेन्द्र प्रसाद साह, उप–प्रमुखमा शुकरी देवी मण्डल, बोदे बर्साइन नगरपालिकाको प्रमुख पदका लागी अशोक कुमार साह र उप प्रमुखमा सिता देवी यादवको नाम सिफारिस गरिएको छ ।
- यस्तै खडक नगरपालिकाको प्रमुखमा बद्री नारायण साह, उप प्रमुखमा शर्मिला देवी साह, सुरंगा नगरपालिकामा प्रमुख पदका लागी बिरेन्द्र भगत उपप्रमुखमा प्रेम कुमारी महरा, डाक्नेश्वरी नगरपालिकाको प्रमुखमा सुर्य नारायण साह, उपप्रमुखमा एलिना आचार्य, कचंनरुप नगरपालिकाको प्रमुखमा कृष्ण कुमार चौहान, उपप्रमुख सुनिता देवी साह, महादेवा गाउँपालिकाको अध्यक्ष पदमा बेचन इशर, उपाध्यक्षमा उषा गिरी, बलानविहुल गाउँपालिकाको अधयक्ष पदमा राम नरेश यादव, उपाध्यक्षमा रंजना कुमारी यादवको नाम सिफारिस गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया