छिन्नमस्ता गाउँपालिकाको झण्डै १५ करोड असुल गर्न बाँकी 

राजविराज राजविराज
|
सोमबार, आषाढ ३१, २०८१
|
|
४२ पटक हेरिएको
Shares
छिन्नमस्ता गाउँपालिकाको झण्डै १५ करोड असुल गर्न बाँकी 

सारांश

  •     सो प्रतिवेदनमा अनियमित भएको रकम २२ करोड १५ लाख १६ रुँपैया, प्रमाणका कागजात पेश नभएको रकम ३३ करोड ५७ लाख ३ हजार ५ सय २८ रुँपैया तथा पेश्की रकम ७ लाख ५५ हजार ५ सय १५ रुँपैया असुल उपर गर्नु पर्ने उल्लेख गरिएको छ ।
  •       यस्तै बेरुजु रकम ७१ करोड ४६ लाख ९ हजार ४ सय १९ रुँपैया रहेको प्रतिवेदनमा उल्लेख छ ।
  •       सोही प्रतिवेदनमा गाउँपालिका स्तरिय कार्यक्रमबाट योगालयका लागि ८ लाख तथा वडा नं.

दैनिक समाचारदाता
राजविराज, ३१ असार । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिकामा गत आर्थिक वर्ष २०७९÷८० मा १४ करोड ९९ लाख ३ सय ६० रुँपैया असुल गर्नुपर्ने अन्तिम लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । 
    सो प्रतिवेदनमा अनियमित भएको रकम २२ करोड १५ लाख १६ रुँपैया, प्रमाणका कागजात पेश नभएको रकम ३३ करोड ५७ लाख ३ हजार ५ सय २८ रुँपैया तथा पेश्की रकम ७ लाख ५५ हजार ५ सय १५ रुँपैया असुल उपर गर्नु पर्ने उल्लेख गरिएको छ । 
    यस्तै बेरुजु रकम ७१ करोड ४६ लाख ९ हजार ४ सय १९ रुँपैया रहेको प्रतिवेदनमा उल्लेख छ ।  
    सोही प्रतिवेदनमा गाउँपालिका स्तरिय कार्यक्रमबाट योगालयका लागि ८ लाख तथा वडा नं. १ को कार्यक्रमबाट जीम सेन्टरका लागि ५ लाख रकम खर्च भएको खर्च भएको देखाइएपनि जिम सेन्टर स्थापना गाउँपालिकामा कहाँ भएको नदेखिएको तथा जिम सेन्टरको लागि पालिका केन्द्र भित्रको सार्वजनिक भवन वा नवनिर्मित भवन कुन ठाउँमा राख्ने भन्ने निर्णय समेत नगरि जिम सामाग्रि वापत खर्च उपयुक्त नदेखिएको जनाइएको छ । 
    यस्तै गाउँपालिकाले छिन्नमस्ता भगवती मन्दिरको प्रचार गर्न निर्माण गरेको बृत्तचित्रमा ३ लाख ३१ हजार ६ सय ५० रुँपैया बृत्तचित्र निर्माण गरेको निकायसँग असुल उपर गर्ने प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा ४ लाख ९५ हजार रकममा ६० मिनेटको बृत्तचित्र निर्माण गर्नुपर्ने सम्झौता गरिएपनि २० मिनेटको मात्र बृत्तचित्र निर्माण गरेको उल्लेख छ । 
    यस्तै बृत्तचित्रको स्क्रिप्ट लेखनको हार्डकपी पेश नभएको, छायाँकंन गरेको फोटोको प्रमाण समेत नदेखिएको र सम्झौता अनुसार काम नभई ३३ प्रतिशत मात्रै कार्यसम्पन्न भएको देखिएकोले पुरा पैसा भुक्तानी भएको हुँदा नियमानुसार ६७ प्रतिशत रकम असुल उपर गरी दाखिला गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
औषधि व्यवसायी संघका नयाँ कार्य समितिद्वारा सपथ ग्रहण
औषधि व्यवसायी संघका नयाँ कार्य समितिद्वारा सपथ ग्रहण
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
बिपद जोखिम न्युनीकरणका लागि सामग्री हस्तान्तरण 
बिपद जोखिम न्युनीकरणका लागि सामग्री हस्तान्तरण 
सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 
सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना
मधेश प्रदेशमा दुई वर्षमा ९ हजार  भन्दा बढी लैङ्गिक हिंसाका घटना
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
विद्यालयसम्म ल्याउनका लागि गरिब विपन्न विद्यार्थीलाई कपी डटपेन सहयोग
राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता