राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव

राजविराज राजविराज
|
सोमबार, मंसिर २७, २०७८
|
|
२१ पटक हेरिएको
Shares
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव

सारांश

  •     सप्तरी सदरमुकाम राजविराजमा सोमबार एक कार्यक्रमबीच प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएका हुन् ।
  •       पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले कृषि क्षेत्रको आधुनिकीकरण एवं भुमिको व्यवस्थापनले गरिबी र बेरोजगारी समस्या हटाउनु सँगै जनशक्ती उत्पादन कृषि विश्वविद्यालयकोे लक्ष्य रहेको बताए ।
  •       भारतको निर्मलीदेखी न्योरहुँदै सप्तरीको छिन्नमस्ता, राजविराज, गाइघाट–सोलु जोड्ने सडक विस्तार गर्ने आफ्नो महत्वपूर्ण योजना रहेको भन्दै अध्यक्ष यादवले यसले दिल्ली टु चाइना मालसामान ढुवानी गर्न सकिने उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर । 
    जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ का जनता कृषिमै निर्भर रहेकाले दक्ष जनशक्ति उत्पादनका साथ साथै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
    सप्तरी सदरमुकाम राजविराजमा सोमबार एक कार्यक्रमबीच प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएका हुन् । 
    पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले कृषि क्षेत्रको आधुनिकीकरण एवं भुमिको व्यवस्थापनले गरिबी र बेरोजगारी समस्या हटाउनु सँगै जनशक्ती उत्पादन कृषि विश्वविद्यालयकोे लक्ष्य रहेको बताए । 
    भारतको निर्मलीदेखी न्योरहुँदै सप्तरीको छिन्नमस्ता, राजविराज, गाइघाट–सोलु जोड्ने सडक विस्तार गर्ने आफ्नो महत्वपूर्ण योजना रहेको भन्दै अध्यक्ष यादवले यसले दिल्ली टु चाइना मालसामान ढुवानी गर्न सकिने उल्लेख गरे । 
    सो उद्घाटन कार्यक्रममा कृषि विश्वविद्यालयका कुलपति समेत रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेश र देशको विकास हुन नसक्ने बताए । प्राविधिक शिक्षा प्रदान गर्ने सीटीईभीटी प्रदेश मातहतमा राखिनुपर्नेमा उनको भनाई थियो । 
    विना सीप जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेकाले प्राविधिक शिक्षा सम्बन्धी बोर्ड प्रदेश सरकारले गठन गर्न लागेको उनले जानकारी दिए । प्राविधिक शिक्षामा प्रदेश सरकारले जोड दिदै आएको बताउदै दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर एवं रोजगारमूलक प्रदेश बनाउने उनले प्रतिबद्धता जनाए । 
    कार्यक्रममा प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विश्वविद्यालयका लागि बजेटको अभाव हुन नदिने बताउँदै विश्वविद्यालय संचालनका लागि प्रदेश सरकार हरसम्भव प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे 
    सोही कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले संघीयताको उपज कृषि विश्वविद्यालय भएको बताउँदै प्रदेशको कृषि क्षेत्रलाई अगाडी बढाउन सरकार कटिबद्ध रहेको जनाए । 
    प्रदेश २ सरकारले कृषि विश्वविद्यालयको स्थापना तथा संचालनका लागि गत मंगलबार प्रदेश २ का नीति तथा योजना आयोगका पुर्व सदस्य डा. वैधनाथ महतोलाई उपकुलपतिमा नियुक्त गरेको थियो । डा. महतो कृषिका अव्वल वैज्ञानिक हुन ।
    प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ गते प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए । सो अध्यादेशमार्फत प्रदेश २ को कृषि विश्वविद्यालय सप्तरी सदरमुकाम राजविराजमा स्थापना गर्ने निर्णय गरिएको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाल दिवसको अवसरमा आँखा शिविर 
बाल दिवसको अवसरमा आँखा शिविर 
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
टिपरको ठक्करबाट  मोटरसाइकल चालक घाइते
टिपरको ठक्करबाट  मोटरसाइकल चालक घाइते
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
काँग्रेसका पुराना नेता बिराजीको  उपचारका क्रममा निधन
काँग्रेसका पुराना नेता बिराजीको  उपचारका क्रममा निधन
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको निर्माण कार्यलाई तिब्रता दिन माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
अनेरास्ववियुद्रारा बैलगाडासहित बिरोध प्रदर्शन
अनेरास्ववियुद्रारा बैलगाडासहित बिरोध प्रदर्शन
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
सम्झौता अनुसार भवन निर्माणको काम गर्दा पनि  भुक्तानी पाउनबाट बञ्चित निर्माण व्यवसायी
नीति अनुसार काम हुन नसक्दा मुलुकको  विकास अन्यौलमा ः मुख्यमन्त्री राउत